लीलाराज झापाली
विर्तामोड , कार्तिक २४ गते । झापामा एकपछि अर्को गोल्डकपको आयोजना गर्ने क्रम वढेर गएको छ ।
आगामी मंसिर ६ गतेदेखि १५ गतेसम्म तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको आयोजना हुने भएको छ । काँकडभिट्टा फुटवल ट्रेनिङ सेन्टरको आयोजनामा काँकडभिट्टाको खेल मैदानमा हुने सो गोल्डकपको पुरस्कार राशीलाई भारी वृद्धि गरिएको छ ।
जसमा प्रथम र द्धितिय पुरस्कारको राशी क्रमश ८ लाख र ४ लाख रुपैँया बनाइएको छ , जुन पुरस्कार राशी हालसम्म घोषणा भएको मध्ये मेची अंचलमै सर्वाधिक पुरस्कार राशीको भएको नेपाल खेलकुद पत्रकार मंच झापाका अध्यक्ष रमेश शमर्दशी राईले बताउनुभयो । यसवर्ष सहभागि हुने टिमहरुको सङ्ख्या समेत १० पुर्याइएको आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले शुक्रवार काँकडभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो ।
जसमा आयोजक काँकडभिट्टा फुटवल ट्रेनिङ सेन्टरका साथै रमपम झापा ११ , अग्नि रुपन्देहि ११ , सिएमजी संकटा क्लव काठमाण्डौँ , मनाङ्ग मस्याङ्गदी क्लव काठमाण्डौँ , सशस्त्र प्रहरी वल काठमाण्डौँ , त्रिभुवन आर्मी क्लव काठमाण्डौँ , नेपाल पुलिस क्लव काठमाण्डौँ , हिमालयन शेर्पा काठमाण्डौँ र भारतको एक टिम सुभाष चन्द्र बोइज क्लव कलकत्ता रहेको आयोजक खेल समितिका संयोजक तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले बताउँनुभयो । प्रतियोगिताका लागि कुल ६३ लाख ९२ हजार रुपैँया खर्च लाग्ने आयोजक समितिले अनुमान गरेको छ ।
जसमा प्रथम पुरस्कार मेची नेत्रालय काँकडभिट्टाले र दोस्रो पुरस्कार स्थानीय व्यावसायी नरेन्द्र मेचेले ४ लाख रुपैँया दिने घोषणा गर्नुभयो । तिन वर्ष पहिलेबाट नेपालको सुदुरपुर्वी क्षेत्र काँकडभिट्टामा आयोजना सुरु गरिएको गोल्डकपको पहिलो संकरणमा १ लाख दोस्रोमा ४ लाख रुपैँया राशि हुदैँ तेस्रो गोल्डकपको राशी वृद्धि गरेर ८ लाख बनाइएको हो । गोल्डकपमा नेपाल तथा भारतका दर्शकले अवलोकन गर्न आउने विश्वास लिइएको छ । दर्शक वस्नका लागि अस्थायी रुपमा बाँसको प्याराफिट निर्माण थालिएको छ ।
काँकडभिट्टा फुटवल ट्रेनिङ सेन्टरको आयोजनामा काँकडभिट्टाको खेल मैदानमा हुने सो गोल्डकपको पुरस्कार राशीलाई भारी वृद्धि गरिएको छ ।