Kanakai Online

शाह वंशका कारण देशमा विकास भएन ः विश्वप्रकाश शर्मा


बिहिवार, कार्तिक २३, २०७४ |

कनकाई अनलाईन
काकरभिट्टा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका क्षेत्र नम्बर १ का उम्मेद्वार विश्व प्रकाश शर्माले देश समृद्धि तर्फको बाटोमा हिड्नु नसक्नुको मुख्य कारण शाह वंशीय राजसंस्था, भूपेरिवेष्टीत नेपाल नभएको जिकिर गर्दै भन्नु भयो , “देश राम्रो शासन प्रणालीले मात्र राम्रो हुदैन, जबसम्म राजनिति मानव सेवाको भावले गरिदैन्, तवसम्म देशले समृद्धिको बाटो समात्दै ।”
झापाको १ नम्बर क्षेत्र अन्तर्गत भद्रपुर ९ को मिल चोक, मेचीनगर १५ स्थित ज्यामीरगढी र मेचनिगर ६ स्थित मेची डाँडामा भएको कोणसभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
नेता शर्माले भन्नु भयो, हामी सबैले को के पार्टी को भन्दा माथी भएर सोचै, देशले काँचुली फेर्न नसक्नुको विभिन्न राजनितिक दलका ठूला नेताहरुको सोचका कारण भएको बताउनु भयो । आफु सांसद भएर सिंह दरवारमा पुगेपछि नितिगत सुधारमा पहल गर्दै नेपाललाई समृद्धि तर्फ लैजाने उद्घोष गर्नु भयो ।
प्रेदेश सभाका उम्मेद्वार केशवराज पाण्डेले जब कसैले यस क्षेत्रको मर्म र भावना बुइोको हुन्छ, त्यसले मात्र यस क्षेत्रको विकासलाई अगाडी बढाउन् सक्छ् । अब कसैले आन्दोलन गर्नु छैन्, देशमा संविधान बनेको छ, केबल देशलाई आर्थीक क्रान्ति मार्फत समृद्धि तर्फ डोरियाउने समय रहेको जिकिर गर्नु भयो ।
कार्यक्रममा सामनुपातिकका उम्मेद्वार तम्मर राई, गोपाल तामाङ्ग, जिल्लाका कार्यवाहक सभापति राम कट्टेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।