लीलाराज झापाली
झिलझिले , कार्तिक २३ गते । झापाको शिवसताक्षी नगरपालिका झिलझिलेमा आगामी कार्तिक २८ गतेदेखि दोस्रो सताक्षी गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
स्थानीय गणेशमानसिंह अध्यान प्रतिष्ठानको खेलमैदानमा मंसिर ७ गतेसम्म हुने प्रतियोगिता सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा नेपाल तथा भारतका उत्कृष्ट १० टिमको सहभागिता रहने आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङ्गले खेलको वारेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराउनुभएको छ ।
एन्फाले अर्को चन्द्रगिरी गोल्डकपसग समय जुधाईँदिएको कारण अघिल्लो संकरणको विजेता नेपाल पुलिस क्लव भने प्रतियोगितामा सहभागि हुन नपाएको आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताउँनुभयो । प्रतियोगितामा आयोजक सतासीधाम स्पोटिङ्ग क्लव सहित चर्च ब्वाईज काठमाण्डौँ , रुपन्देही ११ , मोरङ्ग ११ , मनाङ्ग मस्र्याङ्गदी क्लव काठमाण्डौँ , नेपाल आर्मी क्लव काठमाण्डौँ , एपिएफ काठमाण्डौँ , पोखरा ११ , रमपम झापा ११ र भारतको डायमण्ड अफ फुटवल एकाडेमी मध्यप्रदेश फुटवल टिमको सहभागिता रहने आयोजकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्षको पुरस्कार राशी वृद्धि गरिएको छ ।
जसमा प्रथम पुरस्कार नगद ५ लाख र दोस्रो पुरस्कार नगद २ लाख ५० हजार , म्यान अफ द सिरिज ५० हजार , हाई स्कोरलाई २५ हजार , र अन्य उत्कृष्ट फरवार्ड , डिफेन्स गोलकिपर र मिडफिल्डरलाई जनही २५ हजार रुपैँया पुरस्कार दिइने तथा हरेक दिनको म्यान अफ द म्याचका खेलाडीलाई दैनिक १० हजार रुपैँया पुरस्कार दिइने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिता संचालन गर्नका लागि कुल ४९ लाख ५० हजार लाग्ने र प्रतियोगिताबाट नगद ८१ लख संकलन गरिने र खर्च कटाएर नगद ३१ लख ५० हजार रुपैँयाको वचत गर्ने लक्ष्य रहेको आर्थिक संयोजक गणेश प्रधानले बताउँनुभयो ।
खेल हेर्नका लागि दैनिक ७ हजार दर्शक बस्न मिल्ने अस्थायी बाँसको प्याराफिट निर्माण गरिएको वताइएको छ । प्याराफिट निर्माणकै लागि ७ लाख रुपैँया लागेको समेत जानकारी गराइएको छ । पत्रकार सम्मेलनका जिल्ला फुटवल संघ झापाका अध्यक्ष जलकुमार गुरुङ्ग , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा जिल्ला फुटवल संघका उपाध्यक्ष भगिरथ आले मामा लगायातले राष्ट्रिय खेलाडी अनन्त तामाङ्ग जन्माएको सताक्षीको खेलमैदानले दजर्नौ राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न प्रतियोगिताले मद्धत गर्ने बताउँनुभयो ।