Kanakai Online

विएण्डसीमा प्रथम स्वास्थ्य महोत्सव प्रचण्ड र ओलीले उद्घाटन गदैँ


बिहिवार, कार्तिक २३, २०७४ |

कनकाई अनलाईँन 
विर्तामोड , कार्तिक २३ गते । झापाको विर्तामोडमा प्रथमपटक पुर्वाचल स्वास्थ्य महोत्सव हुने भएको छ ।
विएण्डसी हस्पिटल विर्तामोडमा आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म हुने सो स्वास्थ्य महोत्सवको उद्घाटन पुर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपीशर्माओलीले आगामी मंसिर २ गते ११ बजे गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनको आयोजनागरि विएण्डसी हस्पिटलका कार्याकारी निर्देशक दुर्गा प्रसाईँले बताउँनुभयो ।
स्वास्थ्य महोत्सवमा अस्पतालका ८२ जना डाक्टर तथा काठमाण्डौँका मेदान्त , भारतका अन्य विभिन्न अस्पतालबाट समेत ठुलो सङ्ख्यामा अन्य डाक्टरहरु सहभागि भएर सेवा दिने अस्पतालकी अध्यक्ष इन्दिरा गिरीले बताउँनुभयो । स्वास्थ्य महोत्सवमा विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिने तथा औषधि र ल्याप तथा अन्य प्राविधिक सेवाहरु लिनुपर्नेभएमा समेत औषधि लगायतमा समेत १५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट दिइने वताइएको छ ।
विश्वकै उत्कृष्ट डाक्टरहरुलाई एक्कैस्थानमा स्वास्थ्य परिक्षणका लागि जम्मा गरिने हुदा लामो समयदेखि रोगको सहि उपचार नपाएर समस्यामा वस्ने तथा आर्थिक अभाव झेल्नेहरु यस शिविरबाट लाभान्वित हुने आयोजकको भनाई छ । स्वास्थ्य शिविरमा दैनिक १२ सय विरामीले सेवा लिने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

सम्बन्धित खबर