Kanakai Online

जनताको विश्वास जितेर आएको छु  ः सिटौला जनताको विश्वास जितेर आएको छु  ः सिटौला 


बिहिवार, कार्तिक २३, २०७४ |

कनकाई अनलाईन
भद्रपुर , कार्तिक २३ गते ।
नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले आफुले  शान्तिर संविधानको जिम्मेवारी लिएर दोश्रो संविधान सभा निर्वाचनमा जनताको विश्वास जितेको चार वर्षे कार्यकालमा १ अर्व बढीका विकास योजना ल्याउन सफल भएको बताउँभएको छ ।
भद्रपुरमा पत्रकारहरुसित अन्र्तक्रिया गर्दै सिटौलाले पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्दा शान्ति प्रकृया पनि अलपत्र परेपछि दोस्रो संविधान सभानिर्वाचनमा जनतासित परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता गरेर गएको बताउँनुभयो  । सिटौलाले झापा क्षेत्र नम्बर ३ को सम्बृद्धिका लागि एक वर्षे र बहु वर्षे गरी १ अर्व वरावरको विकास निर्माण ल्याएको बताउँनुभयो ।
संघीयता र लोकतान्त्रिक गणतन्त्र अस्वीकार गरिरहेको राप्रपालाई एमाले र माओवादीले उम्मेद्वार बनाएकोमा आफू अचम्मित भएको बताउँदै सिटौलाले २०४६ सालको जनआन्दोलमा नेपालकै पहिलो सहिदका रुपमा  मारिएका राम थापाको रगत आलै रहेको उल्लेख गरे उनले बहुदलीय प्रजातन्त्रका सिपाही सफायमा लागेकाहरु तथा २०६२\०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु झापाली जनताका प्रतिनिधि  बन्न अयोग्य रहेको बताउँनुभयो  । सिटौलाले आफू परिवर्तनको लडाँईमा अविचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै अहिलेको निर्वाचनमा शान्ति र सम्बृद्धिको सपना पुरा गर्न क्षेत्र नम्वर ३ का जनताले मतदान गरेर पठाउनु पर्ने बिताउँनुयो  ।
सिटौलाले  अलपत्र हुलाकी सडक, अव्यवस्थित मेची अञ्चल अस्पताललाई निर्माण सुचारु गर्दै स्तरीकरणमा  आफ्नै कार्यकालमा सफल भएको , खानेपानी, ग्रामीण सडक, सामुदायिक भवन, विद्यालय भवन जस्ता जनपक्षीय भौतिक संम्रचनाका काम तीव्र गतिमा भइ रहेको जनाए । प्रदेश नम्वर १ को सरकारी मेडिकल कलेजका रुपमा मेची अस्पताल विकसित हुने प्रकृयामा गइ सकेको उल्लेख गर्दै मेची नदी नियन्त्रणद देउनिया खोला पूल निर्माण जस्ता अति आवश्यक काम सम्पन्न हुन गएको बताउँनुभयो ।
झापाको सदरमुकाम समेत रहेको झापा क्षेत्र नम्वर ३ नेपालको राजनीतिक परिवर्तनको बाहक भएको भन्दै सिटौलाले प्रगतिशील विचारधारामा रहेका जनता अग्रगमनका पक्षधर हुनु पर्ने बताउँनुभयो  । सिटौलाले  गणतन्त्रलाई राजतन्त्रमा फर्काएर परिवर्तन रोक्न चाहने जनभावना विरोधी रहेकोले समयमै सोचेर मतदान गर्न आग्रह गरेका सिटौलाले एमाले माओवादी गठबन्धनले उम्मेद्वार नदिएकोले विकल्पका रुपमा नेपाली काँग्रेसलाई मतदान गर्न सवैसित अनुरोध समेत गर्नुभएको छ ।