Kanakai Online

शर्माको भोट माग्ने उम्मेद्धारको काइदा धान काट्दैँ भोट माग्दै


बिहिवार, कार्तिक २३, २०७४ |

लीलाराज झापाली । 
विर्तामोड , कार्तिक २३ गते । मध्य कार्तिकको यसवेला झापाका अधिकांस कृषकहरु खेतमा छन । आगामी मंसिर २१ ग्ते झापामा हुन लागेको प्रनिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका भोट माग्न घरघर जाने उम्मेद्धारले भोट माग्नका लागि भने नौलो जुक्क्ति निकालेका छन ।
खेतमै जाने र खेतालाबनेरै भएपनि केहिवेर धान काटिदिने र धान काट्दै आफना कुरा सुनाउने , झापा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा उठेका उम्मेद्धार विश्वप्रकाश शर्मा र प्रदेशसभामा उम्मेद्धार बन्नुभएका केशवराज पाण्डेको अहिलेको दैनिक भोट मगाईको शैली नै यसप्रकारको छ । प्राय सवै कृषकहरुलाई अहिले धान थन्क्याउने चटारो परेको छ , यसवेला धान थन्क्याउनमा सावधानी अपनाइएन भने वर्षभरी खाने धानको जोहो नहुन सक्छ ।
यस क्षेत्रका धेरै कृषकहरुले अर्काको अधिँया खेत समेत कमाएका छन् , ज्याला मजदुरीकै भरमा खेत ीगर्ने हरुको समय भोट मागेर र गफ गरेरमात्रै सक्किदिदा उनीहरुको काममा ढिलाई हुन्छ हामीले थोरै भएपनि काममा सघाईदियौँभने उम्मेद्धारको वारेमा समेत मतदाताले थाहा पाउने र काममा पनि ढिलाई नहुने ठानेर यो अभियान चलाएको झापा क्षेत्रनम्बर १ का उम्मेद्धार विश्वप्रकाश शर्माले बताउँनुभयो । दलवलसहित भोट माग्न जाने उम्मेद्धार र कार्यकर्ताहरु जव खेतमा पुग्छन उम्मेद्धारले खेतमा कामगरिरहेका मतदातासमक्ष कुरागर्दा हसिँया मागेर कार्यकर्ता धान काटिदिन थाल्छन ।
उम्मेद्धार पनि खेतमा काममा भिड्छन नभए कार्यकर्ताले खेतमा काममा सघाउने र उम्मेद्धार कामगरिरहेका मतदातासग आफ्नो कुरा राख्ने गरेका छन । यसो गर्दा कतिपय मतदाताहरुभने नेताले खेतमा पसेर काम गरिदिँदा अप्ठ्यारो मान्ने गरेका छन । झापा १ को भानुटोल , आलडाँगी , बटवृक्षलगायतका क्षेत्रमा घुमेर मतदातालाई खेतमा काम सघाउर्दै मत माग्नुभएको हो ।
यता झापा ४ मा समेत उम्मेद्धारहरुले घरदैलो गर्दा उम्मेद्धारले मतदाता घरमा भेट्टिन छाडेपछि दिउसोभन्दा वेलुकी साँस्कृतिक कार्यक्रम राखेरै आफ्ना एजेण्डा सुनाउने गरेका छन । झापा ४ का प्रतिनिधिसभाका बाम तथा राप्रपाका सयुक्त उम्मेद्धार एलपीसाँवा लिम्बु दिनभर मतदातालाई आफ्नो अनुवार देखाएर परिचितमात्रै हुने र वेलुकी कोषसभाको आयोजना गरेर आफ्नो चुनावी एजेण्डा सुनाउने गरिएको वताउँनुभयो । यसो गर्दा खेतमा काम गरिरहेका मतदाताहरुको काममा वाधा नपुग्ने साँवाले बताउँनुभयो ।
दिनभर खेतमा काम गरेर थकित भएका मतदाताहरुलाई कलाकारहरुसमेतको उपस्थितिमा आफ्ना एजेण्डा सुनाउना मतदाताले समेत झर्को नमान्ने साँवाको भनाई छ ।
तस्वीर \ झापा क्षेत्रनम्बर १ का प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेद्धार युवा नेता विश्वप्रकाश शर्मा नकलबन्दाको एक कृषकको खेतमा धान काट्दै भोट माग्नेक्रममा