Kanakai Online

झापा ४ ख मा विजय उत्सवकै शैलीमा चुनाव प्रचार


बुधवार, कार्तिक २२, २०७४ |

लीलाराज झापाली 
सुरुङ्गा । अगाडि पछाडि लावालस्करै गाडी विचमा कानै थर्किने गरी सैँपनि एमाले बोलको गित विचविचमा बाम गठबन्धनलाई अत्याधिक मतले विजय गराउन गरिएको भाषण मिश्रित सुचना यो दृश्य देख्दा लाग्छ यो चुनाव प्रचार नभएर आगामी मंसिर २१ गते पछिको मत गणनापछिको विजय र्याली हो ।
झापा कनकाई नगरपालिकामा हाल दिनहु देखिने यो दृश्य सर्वप्रथम देख्ने जोकोहीले यसलाई आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाम गठबन्धनको तर्फबाट थालिएको प्रचार अभियान भन्दा पत्याउनै गाह्रो मान्छन ।
हुन पनि मन्त्री वा प्रधानमन्त्रीकै शैलीमा सयौँ कार्यकर्ता बाजागाजा नाचगान सहित दिनहुको प्रचार अभियानलाई हेरेर जोकोही पनि विजय र्याली भनेर झुक्किने गरेका छन । झापा क्षेत्रनम्बर ४ को प्रदेश ख अन्र्तगतको यस चुनाव प्रचारमा प्रतिनिधि सभामा बाम तथा राप्रपाका तर्फबाट उम्मेद्धारी दिने एलपी साँवा लिम्बु र प्रदेशसभाका उम्मेद्धार हिरा थापा अविर र फुलमालामा सजिएर हिडेको देख्दा यो भोट माग्नेभन्दा पनि विजयको र्याली भनेर लख काट्ने गरेका छन ।
ठाउँठाउमा हुने कोणसभामा उम्मेद्धारले गर्ने प्रतिवद्धता सुनेपछिमात्रै सर्वसाधरणले भने उम्मेद्धारहरु गाउँमा भोट माग्न आएकोमा विश्वस्त हुने गरेका छन ।
मध्य कार्तिकको यस महिनामा अधिकांस जनता अहिले खेतमा धान थन्क्याउने चटारोमा रहेका छन । जव उनीहरु वम उम्मेद्धारहरु खेत तथा रुखका सियलहरुमा भोट माग्न पुग्छन अधिकांस बृद्धहरुभने बृद्धभक्ता दिने पार्टी भन्दै कोहि उम्मेद्धारको अघिअघि नाच्ने त कोहि विजयको लागि आर्शिवाद दिने गरेका छन । कतिपयले भने राप्रपा , माओवादी केन्द्र र एमालेको सुर्य अंकित तीनै पार्टीको झण्डा एक्कै ठाउँमा देख्दा जनताहरु एउटै पार्टीको चुनाव प्रचार हो कि फरकफरक भनेर सोध्ने गरेका छन ।
हामीले यो राष्ट्रका लागि तीन पार्टीको तालमेल गरेको हौ भनेर सम्झाउँने गरेका छौ , भर्खरैमात्रै कनकाई नगरपालिकामा मेयरको प्रत्यासी राप्रपाका नेता केदार गिरीले भने ।
जनताभने केहि महिना पहिलेमात्रै एक अर्काको पार्टीको वारेमा आलोचना गर्दै भोट माग्ने दलका नेताहरु ऋाज सवै आआफ्नै झण्डा र भेष्ट लगाएर एउटै एजेण्डा र पार्टीमा भोट माग्न घरघरमा आएको देखेपछि भने अच्चम्मित बनेको वताएका छन । हामीले कितावमा पढेका थियौँ राजनितिमा स्थायी सत्रु र मित्रु कोहिपनि हुदैँन भनेर आखिरमा यहि रहेछ आज देखियो कनकाई नगरपालिका २ का एक माओवादी केन्द्रका स्थानीय कार्यकर्तासमेत रहेका ओम कडेँलले भने । देशभर बाम गठबन्धन र राप्रपा र कांग्रेसविच चुनावी गठबन्धन भएपनि झापा र मेची अंचलमा भने कांग्रेस बाहेक राप्रपा , एमाले र माओवादी केन्द्रविच चुनावी एकता बनेपछि तीनै पार्टीको प्रचार अभियानपनि रोचक बनेको छ ।