मनोज बस्नेत । कनकाईँ अनलाईँन
कनकाई । झापा क्षेत्र नं ४ को गौरिगञ्ज वडा नं.–२ को कोरोवारीमा आयोजित चुनावीसभामा ३ सय भन्दा बढीले नेपाली कंग्रेस पाटीमा प्रवेस गरेका छन् ।
बुधवार आयोजित आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको वडा स्तरिय चुनावी सभामा प्रतिनिधिसभा सदस्यका उमेद्वारा देकुमार थेवेले नवपाटी प्रवेसीहरुलाई स्वागत गर्दै नेपाली कंग्रेस एक मात्र जनताहरुको स्वतन्त्रताको हक रअधिकारको पक्षमा लड्ने पाटी भएकाले सम्पूर्णलाई रुख चिन्नमा भोट दिएर विजय गराउनको लागि अनरोध गरेका थिए । त्यस्तै क्षेत्र ४ क का प्रदेशसभा उम्मेद्वार किरण भट्टराईले कार्यक्रममा आफु तथा नेपाली कंग्रेसलाई अत्यधिक मतले जिताउन अनुरोध गर्दै आफु सदैव पाटी र जनताको हितको पक्षमा रहने प्रतिवधता व्यक्त गरेका थिए ।
उक्त चुनावी सभामा पूर्व महासमिति सदस्य सुर्यनारायण ताजपुरिया, क्षेत्र ४ क का निर्वाचन प्रचारप्रसार संयोजक पदम थापा, सह संयोजक दिनेश राजवंशी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व नेपाली कंगे्रस साविक कोरोवारी गाउँ सभापती तथा गौरिगञ्ज गाउँपालिका सहसम्योजक अग्लु राजवंशीले र जेठा मुर्मुको सञ्चालनमा सम्पन्न भएको नेपाल विद्यार्थी संघका जिल्ला सह सचिव याम भुजेलले जानकारी दिए ।