Kanakai Online

विश्वासको साथ चुनाव लडेको विश्वप्रकाशको भनाईँ


बुधवार, कार्तिक २२, २०७४ |

कनकाई अनलाईन
काकडभिट्टा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार बिश्व प्रकाश शर्माले पछिल्लो पटकको संबिधान सभाको चुनावलाई इङ्गिकत गर्दै भन्नु भयो, त्यतिखेर आफु एउटा आसाका साथ चुनावमा आएको थिए, तर यसपटक बिश्वासका साथ मलाई बहुमत मत दिएर विजयी गराउनु हुन्छ भन्ने पूर्ण विश्वास लिएर आएको छु ।
मंगलबार मेचीनगर ६ स्थित भानु टोलमा भएको सम्र्पक कार्यालयको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले विदेसमा हुने विकास निर्माण कार्यहरुको उदाहरण दिदै सूर्य अस्त नेपाल मस्त हुने हुदाँ नेपालले समृद्धि तर्फ उन्मुख नहुने जिकिर गर्नु भयो । आफु सांसद भएपछि असार मसान्तमा आउने बजेटलाई जेष्ठ मसान्तमा ल्याउने तथा ९० साल भित्र नेपाललाई माग्नेहरुको देश नभएर स्वाभिमानी नेपालीको देशमा परिवर्तन गर्ने कुरामा जोड दिनु भयो।
त्यसैगरी प्रदेशसभाका उम्मेद्वार केशवराज पाण्डेले आफु यस क्षेत्रमा जन्मी हुर्केको तथा आफनो भावनात्मक सम्बन्ध पनि गाँसिएको हुदाँ मलाई साथ र सहयोग गर्नु हन्ुछ भन्ने पूर्ण बिश्वास लिएको बताउनु भयो ।
उहाँ यस क्षेत्रलाई भुटान , भारत, बंगालादेश ,बर्मा र चीन बीचको कोरिडोरका रुपमा प्रयोग गरेर व्यापार व्यवसायी मार्फत समृद्धि तर्फ लान् सकिने जिकिर गर्नु भयो । त्यसैगरी आजै भएको मेचीनगर ४ स्थित आलडाँगी तथा मेचीनगर २ स्थित बटवृक्ष चोकमा भएको कायैक्रमलाई सम्बोधन गर्दै बिश्व प्रकाश शर्मा र केशवराज पाण्डेले यस क्षेत्रमा सिद्धि नहरको सहि उपभोग गर्दा कृषि क्षेत्रमा आधुनिकरण गर्न सकिने,सिद्धि जल विधुत परियोजना मार्फत स्थानीय स्तरमा स्वालम्बी बनाउन सकिने र कृष्ण थक्की, मिनी माउण्टेन, सलकपर लगायतका क्षेत्रलाई प्रबद्धन गर्दै पर्यटन क्षेत्रलाई रोजगारी उन्मुख तर्फ लैजान् सकिने कुरा बताउनु भएका थिए ।