कनकाई अनलाईँन
कार्तिक २२ गते ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका लागि झापा १ का उम्मेद्वार विश्वप्रकाश शर्माले स्वाधीन नेपाल निर्माणका लागि राजनीतिक शुद्धता आवश्यक रहेको बताउनुभएको छ ।
झापाको चन्द्रगढीमा सम्पन्न बौद्धिक वर्गसितको अन्र्तक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेपालको सम्बृद्धिसित स्वाधीनता जोडिएकोले राजनीति सुधारको आवश्यकता रहेको बताउनुभएको हो । विपक्षका राम्रा कुरा नस्वीकार्ने र निषेधको राजनीति गर्ने परम्पराले नेपाली राजनीति पराधिनको बाटोमा लागेकोले त्यसलाई सुधारेर स्वाधीन नेपाल निर्मार्ण गर्न युवा शक्ति आवश्यक परेको भन्दै शर्माले राम्रो राजनीति र छिटो सम्बृद्धि आजको आवश्यकता भएको वताउँनुभयो ।
उहाँले काँग्रेसले केही गरेन भनेर गाली गर्नेहरुले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युतीकरण र सडक सञ्जालका खाका कसको पालामा कोरिएको हो भन्ने सोच्न आग्रह गर्नुभयो । शर्माले झापाको सदरमुकाम भएर पनि पछाडि छोडिएको जस्तो स्वरुपको चन्द्रगढीको स्वरुप परिर्वन गर्न वौद्धिक वर्गसित खाकाको माग गर्नुभयो ।
उहाँले चन्द्रगढीबाट सुरु हुने सम्बृद्धिको यात्रा वाहुण्डाँगीमा पुग्दा झापा क्षत्रे नम्वर १ को सम्पूर्ण भूगोल सवल नेपालको नमूना वन्ने बताउँनुभयो ।
कार्यक्रममा क्षेत्र नम्वर १ ख का उम्मेद्वार अशोककुमार पोखरेलले राजनीतिमा प्रवेश गरेको विकृति अन्त्य गरेर विधिको शासनमा जनताको पहुँच आवश्यक भएको धारणा राख्नुभयो । पोखरेलले १ नम्वर प्रदेशको प्रतिनिधित्व गर्ने अवसर जनताले प्रदान गरे निष्ठाको राजनीति मार्फत देश र जनताको सेवामा इमान्दार भएर लाग्ने बताउँनुभयो । गोविन्द लम्सालले औचित्यमाथि प्रकाश पारेको भेलामा सहभागी बौद्धिक वर्गका प्रतिनिधिहरुले नेपाली काँग्रेसले गरेका राम्रा कार्यहरु जनता माझ लान सक्नु पर्ने तथा भविश्यमा गर्न सक्ने जनपक्षीय कार्यहरु योजनाबद्ध रुपमा लगेर मतदाताको विश्वास लिन सुझाव दिएका थिए ।