कनकाई अनलाईन
काकडभिट्टा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार बिश्व प्रकाश शर्माले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै तरुण युवाहरुलाई १४ बुद्धे अचुक मन्त्र बताउनु भएको छ ।
यहि मँसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार मेची उधोग बाणिज्य संघको सभाहलमा भएको छलफल तथा अन्तक्रिया कार्यक्रममा उक्त मन्त्र प्रस्तुत गर्दै तरुण युवाहरुलाई निर्देशन दिनु भएको थियो । उहाँ भन्नु भयो, “जब म पाको उमेरमा प्रबेश गर्छु, तब युवा जोशका साथ जीउने प्रत्यन गर्दै अगाडी बढ्छु ”। नेपालको राजनिति कसरी राम्रो बनाउने र देशलाई कसरी समृद्धि तर्फ लैजाने एक मात्र एजेण्डा रहेको बताउनु भयो ।
नेपाल तरुण दल क्षेत्र नम्बर १ को आयोजनामा भएको कार्यक्रममा प्रदेश सभाका उम्मेद्वार केशबराज पाण्डेले यस प्रदेशको बिकास र समृद्धिका लागि धेरै कार्य गर्न सकिने बताउनु भयो । नेपालकै सुन्दर नगरीको कल्पना गर्दै भन्नु भयो यो क्षेत्र भारत, बगालादेश, भुटान र चीनको सिमानासम्म जोडिएको हुनाले यस क्षेत्रबाट पर्यटन, कृषि, रोजगार तथा व्यापार प्रर्वद्धनका लागि यथेष्ट सम्भावना रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल तरुण दलका जिल्ला सभापति तथा प्रदेश सभा सामनुपातिक उम्मेद्वार गोपाल तामाङ्गले जिल्लामा रहेका तरुण युवाहरुलाई संगठित गर्दै एक बुथ २० तरुणको अवधारण कार्यन्वयन गर्ने बताउनु भयो ।
त्यसैगरी आजै मेचीनगर वडा नम्बर ६ को आयोजनामा भएको चुनाव प्रचार प्रसार तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो । काकरभिट्टा खानेपानी तथा सरसफाई समितिको सभाहलमा भएको कार्यक्रमलाई पूर्व सांसद उषा गुरुङ्ग लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम रविन भट्टाराईको सभापतित्वमा तथा चन्द्र शाही बिमलीको संचालनमा सम्पन्न भयो ।