Kanakai Online

मच्छडपछि अव कनकाईँमा कुकुर बन्धाकरण


बुधवार, कार्तिक २२, २०७४ |

लीलाराज झापाली
सुरुङ्गा गते । कनकाई नगरपालिका क्षेत्रका सडक तथा सार्वजनिक कुकुरहरुको नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा कुकुर हरुका लागि बन्धाकरण तथा रेविज विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

 
हिमालयन एनिमल रेस्क्यु ट्रस कास्कीको १३ जनाको विशेष प्राविधिसहितको टोलीले कनकाई नगरपालिकामा एकसातासम्म सडकमा छाडिएका तथा सामुदायिक कुकुरहरु नियन्त्रण गरि बन्धाकरण गर्न सुरु गरिएको हो ।
सो टोलीले कुकुरलाई रेविज विरुद्धको म्यासिङ्ग समेत लगाउने प्राविधिक टोलीका खगेश्वर शर्मा भट्टराईले बताउँनुभयो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शहरको विकासकै प्रमुख कामको रुपमा यस छाडा कुकुरको नियन्त्रणको काम गरिएको वताउँनुभयो । समाजमा पशु चौपायहरुको समेत बाच्नपाउने अधिकार भएको भन्दै छाडा कुकुर नियन्त्रणका लागि यस बन्धाकरण विधि उपयुक्त हुने समेत वताउनुभयो । एकसाता सम्म चल्ने यस बन्धाकरण क्याम्पमा २५० वढी कुकुर पक्रिएर बन्धाकरण तथा रेविज विरुद्धको खोप लगाइने कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बताउँनुभयो ।
कनकाई नगरमा यस पहिले डेँगु नियनत्रणका लागि ९ वटै वार्डमा विषादी छिट्ने काम सम्पन्न गरिसकिएको छ ।

सम्बन्धित खबर