Kanakai Online

माओवादी केन्द्रको झापाको समानुपातिक सार्वजनिक


बुधवार, कार्तिक २२, २०७४ |

लीलाराज झापाली ।
सुरुङ्गा कार्तिक गते । नेकपा माओवादी केन्द्र झापाले आगामी प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि झापाबाट बन्दसुचीमा परेका आफ्ना उम्मेद्धारहरुको पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनका पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग विजयले पार्टीको तर्फबाट झापा जिल्लाबाट प्रतिनिधि सभामा पार्टीकी पोलिटव्युरो सदस्य धर्मशीला चापाँगाई र विद्यानन्दसिंह राजंवशी तथा प्रदेशसभातर्फ खडगबहादुर कन्दङ्वा रोषन र बन्दना झाँगड परेको जानकारी गराएको छ । यसैगरी कार्यक्रममा तेह्रथुमबाट प्रनितिनिसभामा समानुपातिक उम्मेद्धारको सुचीमा पर्नुहुने सुशिला कन्दङ्वालाई समेत कार्यक्रममा स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रममा वोल्दै समानुपाति उम्मेद्धार तथा पार्टीकी पोलिटव्युरो सदस्य धर्मशीला चापाँगाईले विश्वमै छोटो समयमा नेपालमा जनयुद्धको व्यावस्थापन भएको भन्दै त्यसवाट अत्तालिएर केहि विदेशीको इशारामा हालपनि वालकृष्ण ढुङ्गेललाई पक्राउ गर्ने लगायाँतका उत्तेजित गतिविधि गरेर निर्वाचन भाड्नखोज्ने गतिविभि भइरहेको भन्दै त्यसबाट सचेत रहन सवैमा अनुरोध गर्नुभयो ।
झापामा एमाले , माओवादी केन्द्र र राप्रपाको सयुक्त गठबन्धन बनेपनि ५ प्रतिनिधिसभा र १० प्रदेशसभाको निर्वाचनका लागि माओवादी केन्द्रले झापा १ को प्रतिनिधिसभा तथा झापा ३ को ख र ४ को क प्रदेशसभामा प्रत्यक्षमा तथा समानुपातिकमा र झापाका सवै क्षेत्रमा समानुपातिकमा उम्मेद्धारीको भोट मागिने समेत जानकारी दिनुभयो । कार्यक्रममा पार्टीका जिल्ला सहइन्चार्ज राजु आचार्य अग्नि लगायातले कार्यक्रममा वोल्नु भएको थियो ।

सम्बन्धित खबर