Kanakai Online

कनकाईँ ३ को बाम राष्ट्रवादीको प्रचार संयोजकमा वालकृष्ण


बुधवार, कार्तिक २२, २०७४ |

कनकाई अनलाईँन
सुरुङ्गा । कार्तिक २२ गते । झापा क्षेत्रनम्बर ४ को प्रदेश ख अन्तरगत प्रमुख क्षेत्ररहेको कनकाई नगरपालिकाको ३ नम्बर वार्डमा बाम तथा राष्ट्रवादीहरुको सयुक्त निर्वाचन परिचालन संयोजन समिति गठन भएको छ ।

 
 
वालकृष्ण मैनालीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा नेकपा एमालेको तर्फबाट नवलकिशोर दत्त , केशव शिवाकोटी र नेत्रप्रसाद आचार्य माओवादी केन्द्रको तर्फबाट वेदप्रसाद खतिवडा , ललित कार्की र लीला प्रसाई र राप्रपाको तर्फबाट रामनाथ ढकाल र हरिप्रसाद सेढाँई रहनुभएको छ ।
सो संयोजन समितिले वाम तथा राष्ट्रवादीका तर्फबाट उठेका उम्मेद्धारहरु प्रतिनिधिसभाका उम्मेद्धार एलपी साँवा लिम्बु र प्रदेशसभाका उम्मेद्धार हिरा थापालाई विजयी बनाउन पुरै महिनादिनसम्म घरदैलो अभियान संचालन गरिने जनाएको छ । सो वार्डमा मात्रै हाल ७ हजार वढी मतदाता रहेका छन ।
राप्रपाका नगर अध्यक्ष ज्योतीकुमार उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा उम्मेद्धार हिरा थापा , एमालेका खेममनाथ मिश्र , माओवादीका गोपाल प्रसाईँ र राप्रपाका नारायण पोखरेलले गठबन्धनलाई अत्याधिक वहुमतले जिताउन सबैले आफ्नो आफ्नो तर्फबाट भुमिका खेल्न अनुरोध गर्नुभयो ।