Kanakai Online

कांग्रेसको नेतृत्व आवश्यक ः सिटौला


आइतवार, कार्तिक १९, २०७४ |

द्रोण अधिकारी
भद्रपुर, १६ कार्तिक ।भद्रपुर, १६ कार्तिक । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रत्यासी कृष्णप्रसाद सिटौलालो शान्ति प्रकृया पूरा गरेर राजनीतिक स्थायित्व र सम्बृद्धिको मार्गमा देश हिँडाउन नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । काँग्रेस झापाको आयोजनामा चन्द्रगढीमा सम्पन्न पहिलो चुनावी सभालाई सम्बोधन गर्दै सिटौलाले लोकतन्त्र र स्वतन्त्रताका विरोधीहरुलाई रोजेर भूल गर्नु भन्दा शान्ति र सम्विधानको जिम्मेवार पक्षलाई जिताउन आवश्यक रहेको बताएका हुन् ।
गठबन्धनका नाममा संघीय लोकतन्त्र धरापमा पारिए नेपालले स्थायित्व र सम्बृद्धि प्राप्त गर्न नसक्ने भन्दै जनताले सोचेर मतदान गर्ने दिन आएको स्मरण गर्दै नेता सिटौलाले २०४६ तथा २०६२÷०६३ को जनआन्दोलन दवाएर निरङ्कुशता लाद्नेहरु परिवतृनका विरोधी भएको स्पष्ट पारे । उनले हिजो नेपाली जनताको परिवर्तनमा लात मार्नेहरु आज कसरी जनताका पक्षधर हुन्छन् भन्दै मतदातालाइृ सोचेर मतदान गर्न आग्रह गरे । लोकतन्त्र र सवाधिन नेपालको पक्षमा रहेको नेपाली काँग्रेसलाई समाप्त पारेर एकदलीय अधिनायकवाद लाद्ने सपना पूरा नहुने समेत सिटोलाको भनाइ छ ।
यस्तै कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा झापा १ नम्वर क्षेत्रका प्रत्यासी विश्वप्रकाश शर्माले राजनीतिलाई सुधार्ने र देश बनाउने जिम्मेवारी नेपाली काँग्रेसले मात्र पुरा गर्न सक्ने बताएका छन् । शर्माले शान्ति सम्बृद्धि, स्वाधिनताको रक्षा र एकताको राजनीति नेपाली काँग्रेसले मात्र पूरा गर्न सक्ने भन्दै सत्ता स्वार्थी गठबन्धनले विजय अभियान नरोकिने स्पष्ट पारे । परिवर्तनको लडाईमा नेतृत्व लिएको काँग्रेस हिमाल, पहाड र तराईको साझा अभिभावक भएको स्मरण गर्दै शर्माले शिक्षा, स्वास्थ्य, सडक, विद्युतीकरण, जस्ता देश सम्बृद्धिका बाटाहरु नेपाली काँग्रेसकै नेतृत्वमा भएको जनताले मूल्याङ्कन गर्नु पर्ने स्पष्ट पारे ।
यस्तै नेपाली काँग्रेसले झापाका ५ वटै केन्द्रीय संसद निर्वाचन क्षेत्र तथा १० वटा प्रदेश सभाका लागि एकल उम्मेद्वारी दिएको छ । जसमा क्षेत्र नम्वर १ का लागि केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, २ मा जिल्ला सभापति उद्धव थापा ३ मा पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला, ४ वरिष्ठ जिल्ला सदस्य देउमान थेवे, र ५ मा महासमिति सदस्य डाक्टर खगेन्द्रप्रसाद अधिकारीले उम्मेद्वारी दताृ गरेका हुन भने प्रदेश तर्फ १ क. मा केशवाराज पाण्डे, ख. अशोक पोखरेल, २ मा क. खड्गप्रसाद प्रसाई, ख. लक्ष्मण खड्का, ३ क. भूमिराज राजवंशी, ख. भगिरथ पोद्दार, ४ क. उत्तम सुवेदी, ख.किरण भट्टराई र ५ क. मा राजन ढुंगाना र ख मा अनिलकृष्ण प्रसाई रहेका छन् ।