Kanakai Online

झापा ४ को प्रदेश ख मा हिरा थापालाई राहत


आइतवार, कार्तिक १९, २०७४ |

कनकाई अनलाईन ।
आगामी मंसिर २१ गते हुने प्रदेशसभाको निर्वाचनमा झापा क्षेत्रनम्बर ४ का बाम गठबन्धनका उम्मेद्धार हिरा थापालाई राहत हुने भएको छ ।
झापा ४ ख बाट विवेकशील साँझा पार्टीका उम्मेद्धार झापा कनकाई २ निवासी घनेन्द्र खनालले हिरा थापालाई सर्मथन गर्दै उम्मेद्धारी फिर्ता लिएका हुन । पुर्व पत्रकार समेत रहेका लोकप्रिय उम्मेद्धार खनालले प्रेस सेन्टरका झापा जिल्ला सचिव लीलाराज झापालीको विशेष पहलकदमीमा उम्मेद्धार हिरा थापासगको लामो छलफलपछि आज उम्मेद्धारी फिर्ता लिएको खनालले वताए ।
मेरा अग्रजहरुको सल्लाहबमोजिङ्ग उम्मेद्धारी फिर्ता लिएको छु । लीलाराज झापाली अर्का एमालेका झापा गाउँपालिकाका अध्यक्ष गजेन्द्र ताम्ली लगायातले विशेष अनुरोध गरेपछि बाम शक्तिलाई मद्धत पुगोस भनेर आफुले उम्मेद्धारी फिर्ता लिएको खनालले बताए । तर विवेकशील पार्टीका झापा ४ का प्रतिनिधिसभाका अर्का उम्मेद्धार तुलसीप्रसाद उप्रेतीको भने उम्मेद्धार कायम रहेको खनालले वताए ।