Kanakai Online

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्रवास संगठनको संयुक्त बैठक सम्पन्न स् बाम गठबन्धनलाई भोट हाल्न अपिल


आइतवार, कार्तिक १९, २०७४ |

सुर्य खवास, युएई
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच युएई र नेकपा माओबादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशिल मंच युएईको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले २०७४ असोज १६ गतेका दिन सम्पन्न नेकपा एमाले र नेकपा माओबादी केन्द्र विच पार्टी एकीकरण गर्ने उद्देश्यका साथ गरिएको चुनावी तालमेललाई स्वागत तथा समर्थन गर्दै संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ ।
प्रवासी नेपाली मंच युएईका अध्यक्ष श्याम कडेंल र नेपाली जनप्रगतिशिल मंच युएईका अध्यक्ष बाबुराम विश्वकर्माले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा दुई ठुला कम्युनिष्ट पार्टी विच गरिएको तालमेल प्रक्रीयाले आम नेपाली जनमानसमा उत्साह पैदा गरेको साथै नेपालमा देखिएको राजनैतिक अस्थिरताको समस्या हल हुनेछ भने वैदेशिक चलखेल तथा वाहय शक्तिको अनावश्यक हस्तक्षेपको अन्त्य गर्दै स्वदेशमा नै रोजगारिको अवसर सिर्जना गरि पलायन भएका दक्ष युवा जनशक्तीलाई स्वदेश फर्कने वातावरण सिर्जना गरि शान्त, समृद्ध र विकसित नयाँ नेपाल निर्माण गर्ने आम नेपालि जनताको चाहाना पूरा गर्ने विश्वास व्यक्त गरिएको छ । साथै विज्ञप्तिमा मुक्तिकामी नेपाली जनसमुदायलाई आगामी मंसिर १० र २१ गते गरि दुई चरणमा सम्पन्न हुन गैइरहेको सघिय सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उमेद्वारलाई आफ्नो अमुल्य मत दिई प्रचण्ड बहुमतले विजय गराउन समेत अपिल गरेको छ ।
यसैगरी प्रवासी नेपाली मंच युएईका राष्ट्रीय कमिटी सदस्य भरत शिवाकोटिलाई एक कार्यक्रमका विच मायाको चिनो प्रदान गरि विदाई गरेको छ । रोजगारिको शिलशिलामा युएईमा रहदा नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच युएईमा झापाका तीन दर्जन भन्दा बढी पार्टिका संगठित सदस्यहरुलाई मंचमा आवद्ध गराउदै मंचमा रहि आफ्नो निष्ठा र इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निभाउदै आउनु भएको थियो ।
विदाई कार्यक्रममा बोल्दै शिवाकोटिले आफुले २०५८ देखि विद्यार्थी राजनिती बाट प्रवेश गरि एक दशक भन्दा बढी पार्टिले दिएका विभिन्न जिम्मेवारी बहन गर्दै रोजगारिका शिलशिलामा युएई आएर पनि पार्टिका कमरेडहरुसँग बसेर काम गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनहरुमा पनि पार्टिमा ईमान्दारिता र निष्ठापुर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै युएई बसाईको क्रममा साथ र सहयोग गर्नुहुने सबै कमरेडहरु प्रती आभार व्यक्त गर्नु भयो ।
राष्ट्रीय कमिटिको वैठक पश्चात् आयोजना गरिएको उक्त कार्यक्रममा प्रवासी नेपाली मंच युएईका अध्यक्ष श्याम कडेंल, पुर्व अध्यक्ष एंव सचिवालय सदस्य प्रकाश कोईराला, सल्लाहाकार संयोजक कृष्ण ढकाल, मंचका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर