Kanakai Online

विदा लिदै कार्याकारी अधिकृत गिरीले भने कनकाईका जस्तो जनता मइले पाउन सकुला के ?


मङ्गलवार, कार्तिक १४, २०७४ |

कनकाई अनलाईन ।
सुरुङ्गा , झण्डै डेढ वर्षसम्म कनकाई नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा रहेर सोमवार विदाई भएर जादैँ गर्दा कनकाई नगरपालिकाका पुर्व कार्याकारी अधिकृत खगेन्द्र गिरीलाई कनकाई नगरपालिका परिवार र झण्डै कनकाई नगर क्षेत्रका करिव ५० संघ संस्थाले भव्य कार्यक्रमको आयोजना गरेर विदाई गरेका छन ।

 
 
कनकाई नगरपालिकाको आयोजनामा नगरपालिकाका परिषरमा तथा अन्य संघ संस्थाले कनकाई उवासंघको हलमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको हो । नयाँ आउने कार्याकारी अधिकृत देवेन्द्र कार्कीलाई स्वागत समेत गर्न राखिएको कार्यक्रममा कनकाईवाट विदाई भएर धनुषाको शिरोश्वरनाथ नगरपालिकामा सरुवा भई विदाई हुनुहुने कार्याकारी अधिकृत गिरीले जव सायद मेरो जागीरे जिवनमानै यतिका राम्रा कर्मचारी र जनताको साथ म सायदै पाउदिनहोला भने त्यसवेला उपस्थित सवैलाई भावुक बनायो ।
कनकाई नगरपालिकाको आयोजनामा भएको विदाई कार्यक्रममा वार्डअध्यक्षहरु तथा नगरपालिका समेतले छुट्टै मायाको चिनो गिरीलाई प्रदान गरेका थिए । नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा स्वागत नगर उपप्रमुख मन्जु प्रसाई र संचालन लक्ष्मी अधिकारीले गर्नुभएको थियो । वार्डअध्यक्षहरुका तर्फबाट वार्डनम्बर ४ का अध्यक्ष गोविन्द पौडेलले विदाई मन्तव्य राख्नु भएको थियो ।
यता उद्योग वाणिज्य संघको संयोजनमा भएको विदाई तथा स्वागत कार्यक्रम कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व तथा महासचिव सोमनाथ उप्रेतीको संचालन उपाध्यक्ष कृष्ण चुडालको स्वागतमा कार्यक्रम भएको थियो ।
विभिन्न तीन दर्जन वढी संघ संस्थाको आयोजनामा भएको कार्यक्रममा सुकेडाँगी सामुदायिक वन समितिका अध्यक्ष गंगा ढुङ्गेल , वजार व्यावस्थापन समितिका अध्यक्ष देवि खरेल , रेडक्रसका अध्यक्ष प्रविन तिम्सिना पत्रकार लीलाराज झापालीले विदाई भएर जाने अधिकृत खगेन्द्र गिरीको पालामा जनप्रतिनिधि नहुदा समेत कनकाई नगरपालिकालाई देशकै प्रथम उत्कृष्ट नगरपालिका बनाउन सफल भएको तथा जनप्रतिनिधिको अभाव खड्कन नदिएको भन्दै कामको प्रसंसा गर्नुभएको थियो ।
कार्यक्रममा विदाई हुने गिरीले आफुलाई नगरवाशीले सधै राम्रो काम गर्न हौसला दिने गरेकोले नगरपालिका देशकै उत्कृष्ट बनेको वताउँनुभयो भने नव आगन्तुक कार्याकारी अधिकृत देवेन्द्र कार्कीले समेत आफुपनि झापा गौरादहवाशी भएकोले घरकै कामजसरी नगरपालिकाको काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सम्बन्धित खबर