Kanakai Online

मैले नगरे कस्ले गर्छ !कनकाई नगरपालिकामा डेँगु विषादि आफैँ छिट्दै नगरप्रमुख पोखरेल


सोमवार, कार्तिक १३, २०७४ |

लीलाराज झापाली
कनकाई । कार्तिक १३ गते । झापामा पछिल्लो समय माहामारीकै रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय झापाको अनुरोधमा झापाका डेंगु प्रभावित क्षेत्रमा औषधि छिटने काम शुरु गरिएको छ ।

 
झापाको अति डेंगु प्रभावित क्षेत्र विर्तामोड नगरपालिका , मेचीनगर नगरपालिका , भद्रपुर नगरपालिका , दमक नगरपालिका , कनकाई नगरपालिका , अर्जुनधारा नगरपालिकामा यसको विषादि छिटने काम भइरहेको जिल्ला जनस्वास्थ्य झापाका महामारी नियन्त्रणका फोकल पर्सन कुलबहादुर पौडेलले वताउँनुभयो । यी क्षेत्रमा नगरपालिकाले मछेड मार्नका लागि मालाथिन तथा किङ फग नामक औषधिमा डिजेल मिसाएर छिटनेकाम भइरहेको पौडेलले वताउँनु भयो । यस वर्ष असोजबाट फैलिएको यस माहामारीबाट हालसम्म ५ सयभन्दा वढीमा यो रोग देखिसकेको जसमा विर्तामोड क्षेत्रमा मात्रै ३५० जनाभन्दा वढीमा यो सक्रमण फेला परेको वताउँनु भयो ।
 

 
 
 
विर्तामोड ३ दिनदेखि जारी कफर््ुका कारण हामीलाई विर्तामोड क्षेत्रका संक्रमितहरुको यकिन तथ्यांङ्क लिन सकिरहेको छैन यो सङ्ख्या वढन पनि सक्छ पौडेलले भन्नु भयो । डेंगुकै कारण झापा अर्जुनधारा नगरपालिकाकी सुनिता वरालको मृत्यु भइसकेको छ भने अन्य विरामीहरुको झापाको विएण्डसी , विर्तासिटी , कनकाई , मनोमोहन , मेडिका लगायातका अस्पतालका साथै भारतको नर्थ बङ्गाल हस्पिटलमा समेत उपचार भइरहेको छ ।
यसैविच कनकाई नगरपालिकाले पनि आफ्ना नागरिकको सुरक्षका लागि नगरप्रमुख राजेन्द्रकुमार पोखरेलकै नेतृत्वमा डेँगु रोग फैलाउने मछडमार्ने किङ फग नामक विषादि छिटन थालेको छ । शनिवार दिउसो वाट यो औषधि कनकाई नगरपालिकाको ९ वटै वार्डमा छिटन थालिएको कनकाई नगरपालिकाका नगरउपप्रमुख मन्जु प्रसाईले कनकाई अनलाईनलाई वताउँनु भयो । शनिवार वेलुकी कनकाई नगरपालिका ३ बाट औषधि छिटने कामको सुरुवात नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभयो ।
औषधि छिटदा जिल्ला जनस्वास्थ्यको स्वास्थ्य टोली समेत साथमै रहने समेत नगरपालिकाले जनाएको छ । औषधि छिटेको वेला खानेकुरा छोपेर राख्न र कसैलाई कुनै असजिलो भएमा स्वास्थ्यकर्मीसग सम्पर्क राख्न समेत नगरपालिकाले जनाएको छ ।
औषधि छिटदा जिल्ला जनस्वास्थ्यको स्वास्थ्य टोली समेत साथमै रहने समेत नगरपालिकाले जनाएको छ । औषधि छिटेको वेला खानेकुरा छोपेर राख्न र कसैलाई कुनै असजिलो भएमा स्वास्थ्यकर्मीसग सम्पर्क राख्न समेत नगरपालिकाले जनाएको छ ।
 
फोटो कनकाई नगरपालिकामा डेंगुको विषादि छिट्दै नगरप्रमु राजेन्द्रकुमार पोखरेल लगायात ः लीलाराज झापाली

सम्बन्धित खबर