Kanakai Online

विर्तामोड आन्दोलनका मृतक थापालाई १० लाख क्षतिपुर्ति


शनिवार, कार्तिक ११, २०७४ |

लीलाराज झापाली
विर्तामोड कातिक ११ गते । विर्तामोडमा शुक्रवार प्रहरी र आन्दोलनकारी विच भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका अर्जुनधारा ११ का नरेश थापाको परिवालाई सरकारका तर्फबाट १० लाख रुपैँया राहत दिन अनुरोध गरिने भएको छ ।
शनिवार इलाका प्रहरी कार्यालय विर्तामोडमा पिडित परिवार जिल्लाका राजनैतिक दलका प्रतिनिधि , प्रहरी प्रतिनिधि लगायतको सर्वपक्षिय छलफलबाट ८ वुदे सहमति भएको हो । जसमा मृतक परिवारलाई तत्काल जिल्ला समन्वय समिति र विर्तामोड नगरपालिकाले २५÷२५ हजार र उद्योग वाणिज्य संघ विर्तामोडले नगद १० हजार नगद तत्काल किरिया खर्चकालागि प्रदान गर्ने मृतककी श्रीमतीलाई अर्जुनधारा नगरपालिकामा जागिर लगाइदिने , गत साउन १४ गते रहस्यमय मृत्यु भएका वालक लक्ष्मण शिवाकोटीको वारेमा सत्यतथ्य छानविनका लागि आन्दोलनकारी समेत सम्मिलित समिति बनाएर सहयोग गर्ने , शुक्रवार विर्तामोडमा भएको आन्दोलन र भएको दमनको अनुसन्धानका लागि नेपाल सरकार गृह मन्त्रालयका उपसचिव विरेन्द्रकुमार यादवको नेतृत्वको टोलीलाई दोसीमाथि कार्वाहीका लागि छानविनका लागि मद्धत गर्ने , आन्दोलनका वेला भएका घाइतेहरुको निशुल्क उपचारको प्रबन्ध मिलाउने , र अर्जुनधारा नगरपालिकाका वालक लक्ष्मण शिवाकोटीको विषयलाई लिएर भइरहेको आन्दोलनका सवै कार्यक्रम हाललाई स्थगित गर्ने निणय समेत गरिएको छ ।
शुक्रवार विहानदेखि वालक हत्या भएको भन्दै विरोधमा निस्किएका सर्वसाधरण र प्रहरीविच दोहोरो झडप हुदा एकजनाको मृत्यु र शशस्त्र प्रहरीका एसपी सहित ३२ प्रहरी र त्यतिनै सङ्ख्यामा सर्वसाधरण घाइते बनेका थिए भने गृह मन्त्रालयले शुक्रवार र शनिवार विर्तामोड मुक्तिचोक देखि १ किलोमिटरवरपरको क्षेत्रमा कर्फु लगाइएको थियो । शनिवार वेलुकी देखि बजारको अवस्था हेरेर कर्फु खुकुलो बनाइने समेत सहमति बनेको हो ।
फोटो ः विर्तामोडमा शनिवारको सुनसान शहर

सम्बन्धित खबर