लीलाराज झापाली
विर्तामोड कार्तिक १० गते ।
झापा अर्जुनधारा नगरपालिका ११ का ११ वर्षिय वालक लक्षमण शिवाकोटीको मृत्युको विषयलाई लिएर विर्तामोडमा शुक्रवार गोली चल्दा एकजनाको मृत्यु भएको छ ।
अर्जुनधारा ११ का ३० वर्षिय युवक नरेश थापाको उपचारका क्रममा मेची अंचल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरिक्षक ज्ञानबहादुर विष्टले बताउँनु भयो ।
गत असोज १४ गते टिकाको दिन आफन्तकोमा गएका वालक शिवाकोटीको शव नजिक्कैको जमेको पानीमा भेटिएपछि मृतकका आफन्तले सो वालकको हत्या गरेर फालिएको भन्दै हत्यामा संग्लनलाई कार्वाहीको माग गर्दै आएका थिए । यसअघि समेत पटक पटक यस विषयलाई लिएर आन्दोलन गरिदै आएको थियो । शुक्रवार आन्दोलनले उग्ररुप लिएको हो । शुक्रवारको आन्दोलन झापाका विभिन्न विद्यार्थी संगठनको नेतृत्वमा भएको हो ।
शुक्रवार विहानै देखि आन्दोलनकारी र प्रहरीविच विर्तामोड मुक्ती चोक र इलाका प्रहरी कार्यालय परिषरमा दोहोरो ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीले समेत रवरका गोली अश्रुग्यास र गोली चलाएको थियो । हालसम्म कतिजना सर्वसाधरण घाईते बने भनेर यकिन डाटा आइनसकेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सेलवालले वताउँनु भयो । सर्वसाधरणतर्फ इलाम दानावारीका ४० वर्षिय मणि नेपालीलाई पातामा गोली लागेको तथा अन्य २ दर्जन वढी घाईतेको झापाको विभिन्न अस्पतालमा उपचारभैरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
प्रहरीतर्फ समेत ससस्त्र प्रहरीका एसपी रमेश सुवेदी , जनपदका डिएसपी राजकुमार सेलुवाल , जनपदकै प्रहरी निरिक्षक ज्ञानबहादुर विष्ट लगायातका ३२ जना प्रहरी घाईते वनेको प्रहरीले जनाएको छ । विर्तामोडको मुक्ती चोक क्षेत्र शुक्रवार दिउसोदेखि नै कर्र्फु लगाइएको छ । विर्तामोडमा प्रहरीको लाठी चार्जपछि उत्तेजित सर्वसाधरणले विर्तामोड नगरपालिकाका प्रमुखको सवारीसाधन सहित दर्जनौ सवारी साधनमाथि क्षति पुर्याएका छन ।
शुक्रवार विर्तामोडमा भएको भागाभागको दृश्य ः