Kanakai Online

कनकाई नगरपालिकाको कार्यकारी अधिकृतमा कार्की


मङ्गलवार, कार्तिक ७, २०७४ |

कनकाई अनलाईँन
सुरुङ्गा । कार्तिक ६ गते । लामो समयदेखि रिक्क्त रहदै आएको कनकाई नगरपालिकाको कार्यकारी अधिकृतमा मन्त्रालयबाट उपसचिव देवेन्द्र कार्की आइतवारबाट आउनु भएको छ ।
झापा गौरादह नगरपालिका स्थायी घर हुनुभएका कार्की १२ वर्षपहिलेदेखि अधिकृतबाट जागीरे जिवन सुरु गर्नुभएको हो । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकामा कार्यकारी अधिकृतका रुपमा रहनुभएका कार्की उपसचिवमा नाम निकाल्नु भएपछि मन्त्रालयमा कार्यरक्त रहनु भएको थियो ।
कनकाई नगरपालिकामा उपसचिवको दरवन्द्धी भएपछि यस पहिलेका कार्यकारी अधिकृत खगेन्द्र गिरी सरुवा भएर सुनसरीको हासपोसा गाउँपालिकाको कार्यकारी अधिकृत भएर जानु भएको छ । गिरी सरुवा भएर अन्यत्र गएपनि नयाँ कार्यकारी अधिकृत सरकारले पठाउन केहि ढिलाई हुदा काम कारवाहीमा समस्या परेको थियो । अव कनकाई नगरपालिकाका सवै कामले तीव्रता पाउनेछन कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । कनकाई नगरपालिका हाल नगरपरिषदको तयारीमा रहेको छ ।

सम्बन्धित खबर