Kanakai Online

झापामा बढदै डेंगु संक्रमण


आइतवार, कार्तिक ५, २०७४ |

कनकाई अनलाईन
विर्तामोड कार्तिक ५ गते । झापा जिल्लामा पछिल्लो समय डेंगु सक्रमण दर अत्याधिक भएपछि चिकिसत्क तथा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले यसवाट वच्न सर्तकता अपनाउन सवैलाई अनुरोध गरिएको छ ।

 
झापामा मात्रै पछिल्लो एक महिनामा मात्रै १५० भन्दा वढी यस रोगको सक्रमितहरु प्mेला परेपछि यसले माहामारीको रुप लिन लागेको भन्दै यसरोगको सक्रमण र्फैलिन नदिन सवै पक्षले सहयोग र सर्तकता अपनाउन अनुरोध गरिएको हो । यस वारेमा झापाको विएण्डसी हस्पिटल विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै जिल्ला जनस्वास्थ्य झापाका यस रोग सम्बन्धि फोकल पर्सन कुलप्रसाद न्यौपानेले झापामा यस रोगको सक्रमणले महामारीकै रुप लिएको भन्दै झापाका विभिन्न प्राथमिक स्वास्थ केन्द्रहरुलाई रोग परिक्षणको किट प्रदान गरिसकिएको वताउँदै ज्वरो , शरिर दुख्ने , टाउको दुख्ने लगायातका लक्षण आउनसाथ नजिक्र्कैको परिक्षण केन्द्रमा गएर परिक्षण गर्न समेत अनुरोध गर्नुभयो । सरकारले मात्रै यस रोगको नियन्त्रणका लागि सम्भावना नरहेको भन्र्दै सवै झापाका निजि अस्पतालहरुलाई समेत रोगीहरुको उपचारका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।
यसैगरि विएण्डसी हस्पिटल विर्तामोडमा पछिल्लो साउन महिनादेखि अस्पतालमा मात्रै ८८४ जनामा यसको परिक्षण गर्दा १२० जनामा यसको सक्रंमण भेटिएको हस्पिटलका प्रवन्ध निर्देशक दुर्गा प्रसाईँले वताउँनु भयो । जसमा ११५ जना विरामी अस्पताल भर्ना भएर ९० जना निको भएर गएको तथा २५ जना विरामी अहिलेपनि अस्पतालमा उपचारमा रहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले वताउँनु भयो । डेंगुको प्रमुख संक्रमण रहेको स्थान विर्तामोडमा विर्तामोड नगरपालिका क्षेत्रमा विर्तामोड नगरपालिका र जिल्ला जनस्वास्थ्यले औषधिछिटने कार्य गरेपनि यो प्रभावकारी नभएको सरोकारवालाले वताएका छन ।
हामीले यस क्षेत्रका ग्यारेजहरुमा गएर कम्तीमा पानी जमेर रहेका टायरहरु हटाइदिनका लागि सम्बन्धित व्यात्तिलाई अनुरोध गरिरहेका छौ तर कार्यान्वयन भएको छैन विर्तामोड नगरपालिकाका स्वास्थ्य फोकल पर्सन खगेन्द्र दंगालले भन्नु भयो । पछिल्लो असोज ६ गतेदेखि हालसम्म विर्तामोड क्षेत्रमा मात्रै ५२ जना डेंगु सक्रमित विरामी फेला परिसकेको दंगालले वताउनु भयो । अघिल्लो वर्ष भने यो रोगबाट सक्रमितमध्ये काकडभिट्टामा २ जनाको ज्यान गएको थियो ।
फोटो \ विर्तामोडस्थित विएण्डसी अस्पतालमा डेंगु संक्रमितहरु एपचार गराउदैं\ लीलाराज झापाली
 

सम्बन्धित खबर