सुरुङ्गा, कात्तिक ५ । नयाँ वर्ष नेपाल संवत् ११३८ को अवसरमा सुरुंगामा एक विशेष कार्यक्रम सम्पन्न गरियो । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७९ इ सं ८०२० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
नेवाः पुचः को शुभकामना आदनप्रदान
यहाँको वडा नं. २ मा रहेको भीमसेन मन्दिर परिषरमा नेवाः पुचः सुरुंगा र नेवाः देय दबुको संयुक्त आयोजनामा भएको कार्यक्रमका बीच शुभकामना आदनप्रदान गरिएको छ ।
नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एलपी साँवा, देउवामान थेबे, भरत श्रेष्ठ, रत्न श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको थियो ।
कृष्णकिरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हिरा थापा, रुद्र चिमरिया, पर्शुराम गरिी, गोविन्द पौडेल लगायतले शुभकामना मन्तव्य राखे ।
डिल्लीनारायण प्रधानले स्वगत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मण ज्वेल श्रेष्ठले गरेका थिए ।