लीलाराज झापाली
कनकाई अनलाइन
झापामै प्रथम पटक कनकाई नगरपालिकामा सामाजिक सकनकाइ नगरपालिकामा सामाजिक स्वास्थ्य विमा सुरु गरिएको छ .
आजबाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाका नौ वटै वार्डका वार्डअध्यक्ष र परिषद सदस्यलाई विमाको कार्ड वितरण गर्दै कनकाई नगरपालिकामा यो सेवाको औपचारिक रुपमा सुरुवात गनु’भएको हो .
५ जनाको परिवारलाई प्रतिपरिवार २५ सय रुपैँया वार्षिक बुझाएपछि ५० हजारदेखि एकलाख सम्मको उपचार निशुल्क हुने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले वताउँनुभयो . ५ जनाभन्दा वढी भएमा प्रतिव्याक्ति ४ सय २५ ?र्पैँयाका दरले बुझाउनुपर्ने पोखरेलले वताउँनुभयो . यसैविच कनकाई नगरपालकाका सवै ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको नगरपालिकाले विमापापतको रकम तिरिदिने समेत पोखरेलले वताउँन’भयो .
सो वापतमात्रै कनकाई नगरपालिकाले ३१ लाख रुपैँया वजेट छुट्टाइएको समेत वताउँनुभयो . कार्यक्रममा सामाजिक सुरक्षा स्वास्थ्य विमा झापाका प्रमुख रमेन्द्र कुशवाहले विमित परिवारले सरकारले निशुल्क सुचिकृत गरेका ७ प्रकारका औषधि वाहेक अन्य ९२८ प्रकारका औषधि र स’चिकृत अस्पतालबाट वर्षदिनसम्म ५) हजार सम्मको निश’ल्क उपचार गराउन मिल्ने वताउँनुभयो .
उहाँले विमाका लागि तालिम प्राप्त सामाजिक परिचालकहरु घरघरमा आउने समेत बताउँनुभयो . प्रस्तापित जिल्ला अस्पताल सरुङ्गाका प्रमुख डाः दुर्योधन यादवले विमा कार्यक्रमबाट कम्तीमा उपचार गराउन नपाएरै मृत्युहुने र ऋण काढेर उपचार गनर्’पर्ने समस्याबाट जनता मुक्त हुने वताउँनुभयो .
स्वास्थ्य विमा कनकाईका प्रखु राजीव विष्टले झैझगडा र नशालु पदार्थ खाएर भएको र्घटनावाहेक प्राय सवैप्रकारको उपचार नागरिकले पाउने वताउँनुभयो . कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रम’ख मन्जु प्रसाई , स्वास्थ्य बिमाका पोषराज त्रिताल लगायातले स्वास्थ्य विमा कार्यक्रमले नगरमा गरिवी निवारणमा मद्दत मिल्ने वताउँनुभयो . यस कार्यक्रमबाट कनकाई नगरपालिकामा मात्रै दश हजार घरपरिवार लाभान्वित हुनेछन /