कनकाईँ अनलाईँन
सुरुङ्गा असोज २८ गते । भीमसेन बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भरतकुमार श्रेष्ठले संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७३÷७४ मा कुल ४३१ जना शेयर सदस्य र कुल ९१ लाख ७१ ह्जार ८०० रुपैँया चुक्क्ता पुजी रहेको वताउँनु भयो भने आर्थिक वर्ष २०७३÷७४ को ३ करोड ३४ लाख २८ हजार ५ सय ४२ रुर्पैँया रहेको तथा आर्थिक वर्ष २०७४÷७५ को अनुमानित ३ करोड ८६ लाख ३० हजार ७ सय ५० रुपैँया वजेट समेत प्रस्तुत गर्नुभयो । कार्यक्रममा कनकाईँ नगरपालिका वार्ड नम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ठ वचतकर्ता दुर्गादेवि ढकाल , र गंगा श्रेष्ठ तथा उत्कृष्ठ ऋणी कुमार पाठक र सुभलक्ष्मी श्रेष्ठ तथा जेष्ठ नागरिकमध्येबाट फुलबहादुर श्रेष्ठ र डिगमाया श्रेष्ठलाईँ सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष भरतकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले स्वागत तथा संचालन तेजबहादुर प्रधानले गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष डिल्लीनारायण प्रधान , नेवा पुच सुरुङ्गाका अध्यक्ष कृष्णकिरण श्रेष्ठ शेयर सदस्य रत्नमान श्रेष्ठ , सम्मानित व्याक्क्तित्व कुमार पाठक लगायातले मन्तव्य राख्नुभएको थियो ।