Kanakai Online

कनकाई उद्योग वाणिज्य संघको तेस्रो साधरणसभा


बिहिवार, असोज २६, २०७४ |

कनकाई अनलाईन सुरुङ्गा असोज २६ गते । कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको तेस्रो वार्षिक साधरणसभा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य संघका प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काको प्रमुख आथित्यतामा भएको वार्षिक साधरणसभामा कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले निर्माणाधिन कनकाई अथितिसदनको निर्माण सक्ने , वस्तुगत तथा विषयगत सदस्यताको लागि आवेदन खुल्ला गर्ने , नगरपालिकासग समन्वय गरि नगरक्षेत्रमा व्यावसायिक भवन निर्माण , सम्बन्धित नगरपालिका र गाउँपालिकाहरुसग समन्वय गरि वजार क्षेत्रमा आवश्यक पुर्वाधारहरुको निर्माण लगायातका कार्य गरिने वताउँनुभयो । प्रमुख अथिति खडकाले बन्द निषेधित तथा पर्यटकिय नगरीका रुपमा विश्वमै चर्चित कनकाई नगरीमा उद्योग खोल्न विश्वका नागरिकहरु तयार रहेको भन्दै लगानीको वातावरण वनाउन लागि पर्न नगरपालिका र उवासंघसग अनुरोध गर्नुभयो । उहाँले राष्ट्रलाई समृद्धि बनाउनका लागि स्थीर सरकार आवश्वक रहेको भन्दै वाम घटक र लोकतन्त्रवादीविच एकता हुनुले देशमा नयाँ आशा र उमङ्ग सुरु भएको बताउँनुभयो । खडकाले चुनावका वेला निजि क्षेत्रका उद्योगी व्यावसायीहरुमाथि दलले अनावश्यक चन्दाका लागि दवाव दिएर सास्ती दिनेगरिएको भन्दै गुनासो गर्नुभयो । कार्यक्रमका विशेष अथिति कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कनकाई नगरलाई समृद्धिको नगर वनाउन र विश्वका व्यापारी व्यावसायी तथा उद्योगपत्तिहरुलाई कनकाई नगरमा लगानी गर्ने वातावरण मिलाउन कनकाई नगरपालिकाले तत्कालै नयाँ व्यावसायिक भवन निर्माण तथा ू२५ विगाह जग्गा खोजेर नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्ने कार्य अगाडि वढाइसकिएको वताउँनुभयो । कार्याक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , नेकपा एमालेका नेता हिरा थापा , वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया माओवादी केन्द्रका कनकाई नगर संयोजक चन्द्रमान कन्दङवा , सुरुङ्गा जेसिजका अध्यक्ष जविन तिस्सिना , जामुनवारी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौला , कनकाई माविका अध्यक्ष जर्नादन उप्रेती , बजार व्यावस्थापन समितिका अध्यक्ष देवि खरेल , कनकाई क्याम्पसका अध्यक्ष प्रकाश चुडाल लगायातले वोल्नुभएको थियो । कार्यक्रम महासचिव सोमनाथ उप्रेती र स्वागत उपाध्यक्ष कृष्ण चुडालले गर्नुभएको थियो ।

सम्बन्धित खबर