लीलाराज झापाली
सुरुङ्गा , असोज २६ गते । दुर्घटना स्थलमा वेवारिसे रुपमा इलाका प्रहरी कार्यालयका प्रहरी जवान अमृत ठान्दारले झोलामा भेट्टाएको नगद ५ लाख ४० हजार सहित एक थान मोवाइल सम्बन्धित ब्याक्तिलाई बुझाएको छ ।
गत असोज २१ गते कनकाई नगरपालिका ३ सुरुङ्गामा विहान ना ६ ख ७८६४ नम्बरको यात्रुवाहक वस र मे १ त ५१०९ नम्बरको ट्याक्टर एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको थियो भने वसमा सवार ढोरपाटन नगरपालिका ६ वुर्तिवान वाग्लुङका मानबहादुर कुमाई पुन घाइते भएका थिए र घाईते पुनले वेहोसीमा नगद सहितको सो झोल ाझ्यालबाहिर फ्याकेका थिए । दुर्घटना पछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी जवान अमृत ठान्दारले सो रकमसहितको झोला प्रहरी कार्यालयमा बुझाईदिनुभइको थियो ।
उपचारपछि घाईते झोलाधनी आत्तिदै सुरुङ्गामा झोला खोज्न आउनुभएको थियो । प्रहरीले झोलाधनीको खोजी गर्दै टिकट काउन्टर काँकडभिट्टा सम्म पुगेको थियो । दुर्घनाको ६ दिन पछि विहिवार विशेष कार्यक्रमका विच सो रकम पुनलाई हस्तानतरण गरिएको हो ।
नगद हस्तानतरण गर्दै इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रदिपकुमार सिंह क्षेत्रीले प्रहरीले भेटिएको रकम सम्बन्धित धनीलाई जिम्मा लगाएर कर्तव्यपालना गर्न पाएको भन्दै खुसी व्याक्त गर्नुभयो । कार्यक्रममा वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया , सम्बन्धित नगदधनी मानबहादुर कुमाई पुन कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना , नेकपा एमालेका नेता हिरा थापा , वजार व्यावस्थापन समितिका अध्यक्ष देवि खरेल , लगायातले देशमा नैतिकता सक्किदै गएको वेला प्रहरीले उत्कृष्ट कर्तव्यपालना गरेको भन्दै खुसी व्याक्त गर्नुभयो ।
वेवारिसे झोलामा कसैको ध्यान गएको थिएन सवैको मृतकतीरै ध्यान थियो २ घण्टापछि सो झोला खोलेर हेर्दा पैसा र मोवाइल भेटिएपछि मैले कार्यालयमा बुझाए झोला फेला पार्ने प्रहरी जवान अमृत ठान्दारले भन्नुभयो । पुन भारतीय सेनामा कुकका रुपमा काम गर्दै आउनुभएको थियो उहाँले सो रकम तलववापत लिएको तथा यसैवर्ष घर बनाउनका लागि लिएर जादै गरेको वताउँनुभयो । यो रकम हराएको भए मेरो वर्षभरको कमाईमात्रै जाने थिएन परिवारको नयाँ घर बनाएर वस्ने सपनासमेत भताभुङ्ग हुनेथियो धन्य प्रहरी भन्दै हर्षका आशु झार्नु भयो ।