कनकाईँ अनलाईँन
सुरुङ्गा, असोज २१ गते । पूर्वपश्चिम राजमार्गको कनकाई नगरपालिका ३ सुरुङ्गा चोकमा शनिवार विहान यात्रुवाहक बस र ट्रयाक्टर एक आपसमय जुध्दा टयाक्टर चालकको घटना स्थलमै ज्यान गएको छ ।
पूर्ववाट पश्चिमतर्फ जादैँ गरेको ना ६ ख ७८६४ नम्बरको यात्रुवाहक वसले रोड क्रस गरिरहेको मे १ त ५१०९ नम्बरको गिटि लिन गइरहेको टयाक्टरलाई ठक्कर दिदा टयाक्टर टयाक्टर चालकझापा गाउँ पालिका ४ का ३५ वर्षिय नविन मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरीले बताउँनुभयो ।
दुर्घटनामा परि २ जना वसमय सवार यात्रुसमेत घाईँते बनेका छन । उनीहरुको विर्तामोड स्थित विएण्डसी हस्पिटलमा उपचार भईरहेको छ । दुर्घटनामा परेका दुवै साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुघटनामा यात्रुवाहक वसले अनियत्रित भई नजिकै रहेको विद्युतको पोल भाच्दा सुरुङ्गा आसपास केही घण्टा विद्युत अवरुद्ध भएको थियो भने विद्युतको तार चुडिँएर भुईँमा करेन्ट प्रवाह भएपनि सावधानीका कारण ठुलो दुर्घटना हुनबाट वसका यात्रु वचेका थिए ।