कनकाई, असोज २२,
कनकाई सम्वाददाता।
कनकाई नगरका जनप्रतिनिधिबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरु गरेको छ ।
गत अषाड १४ गते स्थानिय तहको दोसा्रे निर्वाचनका समयमा वाचा गरेको कार्यहरुमध्ये घरघरमै गएर सामाजिक सुरक्षा भत्ता अन्र्तगत जेष्ठ नागरिक एकल महिला असक्त अपाङ्ग लगायतको भत्ता गत शुक्रबार बाट वाड नं. १ देखि वाड नं ९ सम्म नौवटै वडाका सवैभन्दा जेष्ठ माता पिता एक जनालाई बितरण सुरु गरिएको नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले बताए ।
साउन महिना देखी कार्तिक महिना सम्मको नगद ८ हजार दोसल्ला फुलमाला अबिर लगाई नगरप्रमुख पोख्रेल, उपप्रमुख मञ्जु प्रसाई, वाडअध्यक्क्षहरु रोशन कुमार पोख्रेल, पर्शुराम गिरी, रुद्रप्रसाद चिमरयिा, गोबिन्द पौडेल, कृष्ण राई, लक्ष्मी प्रसाद वली, लिला बहादुर कन्दङ्गवा, प्रेम बहादुर कटवाल, प्रेम राजवंशी सहित नगर कर्मचारी र परिषद वडा सदस्य सहित को टोली घरमा पुगेर वाडको एक जेष्ठ माता वा पिता लाई बितरण गरिएको कर्मचारी लक्ष्मी अधिकारी ले जानकारी दिए ।
श्निबार वडा नं. ६ र ७ बिहान ७ बजेबाट बिभिन्न तिन टोली गरी बिभाजन गरी बितरण गरएिको र दिउसो वाड नं. १ र ५ मा बिभिन्न तिन देखि चार स्थानमा बितरण गरिएको जनाईएको छ ।
आइतबार (आज) वाड नं. १, ३ र ८ मा बिभिन्न स्थानमा बितरण गरिने र उक्त सामाजिक सुरक्षा भत्ता लिनका लागी स्वयं ब्यक्ती तोकिएको स्थानमा आफै उपस्थित भई लिनु पर्ने छ भने असक्त वा जान नसक्ने हरुका लागी उहाँहरुकै घरमै पुगेर बितरण गरिने नगर प्रमुख पोख्रेलले बताए ।