Kanakai Online

विर्तामोडमा नयाँ डिएसपी सेलवाल आएपछि आधा यौन धन्दाका होटल बन्द


सोमवार, असोज १६, २०७४ |

इन्द्रसिह राजवंशी
बुधवार दिउसो होटल ब्यबसायी संघ झापाको कार्यालयमा बिर्तामोडका होटल ब्यबसायीहरु आफूमाथि आईपरेको संकटलाई लिएर चिन्तित थिए । होटलमा छापा मारेर प्रहरीले निर्दोषलाई पक्राउ गरी थुन्नु ठीक नभएकोे भन्दै कसैले आक्रोश पोखिरहेका थिए भने प्रहरीले उचालेर उजुरी गर्न लगाएको केहीले दावी गरिरहेका थिए ।आफूमाथि परेको समस्याका बारेमा बताउन सबै ब्यबसायी संघको कार्यालयमा भेला भएका थिए । होटलमा युवती राखेर यौनधन्दा चलाएको कुरा भने कसैले स्वीकार गरेनन् । सबै जनाले बिर्तामोडका नया डिएसपी राजकुमार सिलवालको शिकायत गरिरहेका थिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रमुखमा सिलवाल आएपछि होटल ब्यबसायीहरुमा खैलाबैला मच्चिएको हो । यौनधन्दा चलाएर राम्रो कमाई गरिरहेका होटल ब्यबसायीहरुको ब्यबसाय यतिखेर चौपट बनेको छ । कतिपय होटलहरु बन्द नै भएका छन् ।केशवबहादुर थेवे सरुवा भएर गएपछि गत भदौ ९ गते आएका सिलवालले आउने बित्तिकै होटललाई टार्गेट बनाए । एकपछि अर्को गरी बिर्तामोडका प्रायः सबै होटलहरुमा छापा मार्न लगाए । रेड एरियाको रुपमा कलंकित बिर्तामोड बसपार्कमा पहिलो धावा बोले । छापा मार्दा यौन क्रियाकलापमा संलग्न २२ जना समातिए । सिर्जना,एवान, जलगंगगा, न्यू ताप्लेजुङ,रोडसिटी लगायतका होटलहरुबाट १६ जना यौनकर्मी युवती र ६ पुरुषलाई पक्राउ गर्न प्रहरी सफल बन्यो ।सबैमाथि प्रहरीले सार्वजनिक मुद्धा दायर ग¥यो र पछि उनीहरु धरौटी तिरेर रिहा भए ।
प्रहरीले बसपार्कका होटलमा छापा मारेर यौनधन्दामा संलग्नहरुलाई पक्राउ गरेको यो पहिलो घटना होईन । प्रहरीले बेलाबखत गर्ने कार्बाहीले यो पेशा निमिट्यान्न हुन सकेको छैन । केही दिन निश्क्रिय देखिने होटल ब्यबसायीहरु पmेरि आफ्नो कालो धन्दामा जम्न थालिहाल्छन् । बिर्तामोडका करिव ५० वटा होटलहरुमा यौनधन्दा हुने गरेको एक होटल ब्यबसायीले नाम उल्लेख नगर्ने शर्तमा बताए । बसपार्कमा मात्र २०–२२ वटा होटलमा त्यस किसिमको यौन ब्यबसाय हुने गरेको प्रहरीको अनुमान छ ।कतिपयले आफ्नै होटलमा युवती राखेका छन् भने कतिपयले अर्को होटलबाट युवती मगाईदिएर ग्राहकलाई सेवा दिने गरेका छन् । होटलहरुमा यौनधन्दा राति भन्दा दिनदहाडै बढी चल्ने गरेको छ । थारै पैसा हुनेहरु दिनमा र रुम लिएर बस्न चाहनेहरु राति आउने गरेको ती होटल ब्यबसायीले बताए ।उनका अनुसार यौनसम्पर्कको रेट बनेको छ । एक सट अर्थात एक पटक यौन सम्पर्क गर्दा एक हजार र होलनाईट अर्थात रातभरि गर्दा ४ हजार रुपैया ग्राहकले तिर्नुपर्छ ।त्योसंगै बुकिङ गरेर ग्राहकले युवतीलाई बाहिर पनि लैजान पाउछ ।त्यसका लागि ४ हजार ५ सय रुपैया बुझाउनु पर्छ – ती ब्यबसायीले बताए ।एउटा ग्राहकबाट पाउने एक हजार रुपैयामध्ये आधा होटलवालालाई बुझाउनु पर्ने हुन्छ । त्यस्तै राति बस्ने ग्राहकले तिर्ने चार हजारमा यौनकर्मी युवतीलाई २५ सय र १५ सय होटलवालाले पाउछन् । खासगरी मकवानपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,भक्तपुर,रसुवा,सुनसरी जस्ता जिल्लाका युवतीहरु त्यस्तो कार्यमा भेटिने गरेका छन् ।
तामाङ,राई,लिम्बु जातिका युवतीहरु बढी संलग्न भएपनि खस आर्यहरु पनि भेटिएको बिर्तामोड प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले बताए । १६–१७ देखि २५ बर्ष उमेर समुहका युवतीहरु त्यस ब्यबसायमा संलग्न हुने गरेको पाईएको छ ।एकपटक पक्राउ परेका युवतीहरु पmेरि फर्किएर आउदैनन् । होटलवालाले सम्पर्क गरेर अर्को ठाउबाट नया युवती मगाउछन्, सरुवा जस्तै हुन्छ – ती ब्यबसायीले बताए । बिर्तामोड बसपार्कका अधिकांश होटलहरु युवतीकै कारण चलेका छन् । त्यहा युवती र पेय पदार्थ बाहेक अरु भेटिदैन । ग्राहकले अर्डर गरे खानेकुरा बाहिरबाट मगाईन्छ ।बर्षौदेखि रेड एरियाको रुपमा परिचित बसपार्कका होटल स्वदेशमा मात्र हैन,भारतसम्म कुख्यात भएका छन् । ती होटलहरुमा स्वदेशी भन्दा भारतीय ग्राहकहरु बढी आउने गरेका छन् । कटिहारसम्मका ग्राहकहरु रात बस्नका लागि समुहमा आउछन्–ती ब्यबसायीले भने– राम्रो आम्दानी उनीहरुबाटै हुन्छ ।गत बर्ष यौन ब्यबसायमा संलग्न १ सय ५६ जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरी मुद्धा चलाएको थियो । जसमा ७५ महिला र ८१ पुरुष थिए । पक्राउ पर्नेमा भारतीयहरु पनि रहेको प्रहरी निरीक्षक बिष्टले बताए । अखडाको रुपमा बसपार्क क्षेत्र विकसित हुदै गएको छ । राम्रो कमाइ भएपछि नया होटलहरु थपिदै गएका छन् । प्रहरीसंग लाईन मिलाएर ती होटलहरु संचालन भईरहेका छन् । यद्धपि कहिलेकाही देखावटी रुपमा छापा मार्ने गरिन्छ । इलाका प्रहरी कार्यालय बिर्तामोड र बसपार्क प्रहरी पोष्टसंग लाईन मिलाईएको छ– ती ब्यबसायीले कुरा खोले –नया अफिसर आएपछि केही दिन दुख हुन्छ, पछि कुरा मिल्दै जान्छ । बिर्तामोड प्रहरी कार्यालयबाट मोबाईल गस्ती हिड्नु अगावै पूर्व जानकारी दिएर प्रहरी स्वयंले भगाउन सहयोग गर्ने गरेको समेत उनले खुलासा गरे । तर अहिले प्रहरी भन्दा पनि यौनकर्मीहरु नै होटलवालाको लागि टाउको दुखाइ बनेका छन् ।
जबर्जस्ती यौन ब्यबसायमा लगाएको र पारिश्रमिक पनि नदिएको भन्दै यौनकर्मी युवतीहरुले बिर्तामोडका होटल ब्यबसायीमाथि उजुरी दिएका छन् । मानव बेचबिखन सम्बन्धि तीनवटा उजुरी परेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । उनले उजुरीकर्ता र दोषीहरुको नाम खुलाउन मानेनन् । तर स्रोतले बिर्तामोड बसपार्कको होटल सोल्टीका सञ्चालक राम बोहोरा, सृजना होटल कृषिथोककी संचालिका सुष्मा चौधरी,उनका मेनेजर र कुकमाथि मानवबेचबिखन सम्बन्धि उजुरी परेको जनाएको छ । संचालिका चौधरी,उनका मेनेजर र कुकलाई प्रहरीले पक्राउ गरेको छ भने बोहोरा फरार रहेका छन् । आफू सुत्ने,अरुसंग पनि सुत्न लगाउने अनि पैसा नदिने त्यस्ता होटल साहुलाई कार्बाही हुन्छ– डिएसपी सिलवालले भने । उनले बिर्तामोडमा यौनधन्दालाई निस्तेज बनाएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।
पैसा,नशा र मोजमस्ती भएपछि संसार अर्कै हुन्छ ।यौनकर्मी युवती र होटलवालाहरु त्यही रंगीन संसारमा रमाएका छन् । यौनधन्दामा नाम चलेकी,अनुहार र जीउडाल चटक्क परेकी काभ्रेकी रीता तामाङ (नाम परिवर्तन) को कमाइ लोभलाग्दो छ । उनी महिनाको चार लाख कमाउने गरेको बताउछिन् ।रीताका अनुसार उनी दिनभरि २५–३० जना ग्राहकसंग बस्न भ्याउछिन्, राति सधै बुकिङ हुने गर्छ । कहिल्यै खाली बस्न नपरेको उनले बताईन् । त्यसैगरी काभ्रेकै विनिता तामाङ(नाम परिवर्तन) को पनि आम्दानी राम्रो छ ।पढाइमा ध्यान गएन यस्तो पेशामा लागियो,कमाइ नगरी हुदैन–उनले भनिन्। यही पेशाले अधिकांशले परिवार पाल्ने गरेका छन् । यहासम्म ब्वाईफ्रेन्डलाई पनि आफ्नै कमाइले पाल्ने गरेको उनीहरुले सुनाए । धेरैजना रहरले यो पेशामा लागेको देखिन्छ । तर सिन्धुपाल्चोककी १८ बर्षीया सानु तामाङ(नाम परिवर्तन)ले भने भुकम्पले सर्वस्व लगेपछि गुजाराका लागि बाध्य भएर यो पेशामा लागेको बताईन् ।सानै उमेरमा यस्तो काममा लाग्दा शुरुशुरुमा पीडा भएको उनले अनुभव सुनाईन् । कन्डम लगाएर यौनसम्पर्क गर्ने कुरामा यौनकर्मीहरु सचेत छन् तर कुनै ग्राहकले जबर्जस्ती कन्डम बिना नै असुरक्षित यौनसम्पर्क गर्ने गरेको उनीहरुले आफ्नो दिनचर्या सुनाए ।

सम्बन्धित खबर