Kanakai Online

पुर्व विद्यार्थीको शुभकामनामा ३० बढी सम्मानित


सोमवार, असोज १६, २०७४ |

कनकाई । पूर्व विद्यार्थी समाज दुर्गापुरले आयोजना गरेको दशै शुभकामना तथा सांस्कृतिककार्यक्रमको विच ३० जना बढी यस विद्यालयका पुर्व विद्यार्थीहरुलाई सम्मान गरियो ।
भृकुटि मा.वि. अध्ययन गरेर निस्किएका विद्यार्थीहरुलाई आफ्नो योग्यता र क्षमताका आधारमा रहेका अगाडी बढ्दै गएको र यस्ता कार्यमा अझै बढी प्रगती गर्ने हौसला मिलोस र सँधै सफल बन्दै जाउन भन्ने सोचका साथ सम्मान गरिएको हो । सम्पूर्ण पूर्वविद्यार्थीहरुलाई एकजुट वनाएर एउटा अक्षयकोष स्थापना गरी भृकुटि मा.वि.माअध्ययनरत विद्यार्थीहरुको चौतफी विकासमा केहि टेवा पु¥याउन सकियोस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
भृकुटि मा.वि. दुर्गापुरको प्राङगडमा सम्पन्न कार्यक्रममा सचिव कुमारप्रसाद खरेलले औचित्य माथी प्रकाश पारेको कार्यक्रममा कार्यकनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यमा रहेको थियो ।
कनकाई नगरपालिका वडा नं.–७ का वडा अध्यक्ष लीलाबहादुर कन्दङवा, विद्यालय व्यवस्थापनका अध्यक्ष बालकृष्ण सिटौला, पूर्व प्र.अ जनार्दन सिटौला, नेपाली कंग्रेस कनकाई नगर पूर्व सभापती लीलाबहादुर कटुवाल, कनकाई खेलकुद प्रतिस्ठानका अध्यक्ष ज्योतीकुमार उप्रेती, लगायतले मन्तव्य राखेका थिए ।
लायन्स क्लब अफ कनकाई सुरुङ्गाका सुरेन्द्र प्रधान, भिमप्रसाद भट्टराई, जिल्ला ट्राफिक कार्यालय प्रमुख ढुण्डीराज गिरी, रुद्र बोहोरा, ख्यामप्रसाद ओली, इप्रका सुरुङ्गा प्रमुख प्रदिप कुमार सिह क्षेत्री, चन्द्रमान कन्दङवा, नविन बस्नेत, रोहित कोइराला, गोपाल उप्रेती, भवानी लुइटेल, गोपाल ओली, बलबहादुर भुजेल, दिननथ खतिवडा, गिवसन ढकाल, लगायतको आतिथ्यता रहेको कार्यक्रममा उपाध्यक्ष शिवहरी काफ्लेले स्वागत गरेका थिए । भृकुटि मा.वि. दुर्गापुर, फक्तालुङ एजुकेशन र मर्निङ् ग्लोरी अग्रेजी विद्यालयका तर्फवाट मनोरञ्जनात्कम सांगितिक नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रममा पुर्वकै लोक गायक भानु ओली, गाईका जुनु प्रसाई ओली, चलचित्र निमार्ता तथा गायक राजेश घतानी, आधुनिक गायक झलक संग्रौला, गायक खग्रेन्द्र सिटौला जस्ता चर्चित कलाकारहरुको वेजोड प्रस्तुतीका साथमा सम्पन्न सांस्कृतिक कार्यक्रममा दर्शकहरुको घुइचो प्रधानाध्यपक अञ्जना सिटौलाले बताइन् ।
पूर्व विद्यार्थी समाजका अध्यक्ष मनोज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पुर्व विद्यार्थी तथा हाँस्य व्यङ्ग्यका तथा राष्ट्रिय कलाकार राजा राजेन्द्र पोखरेल र आँगन एफएमकी कार्यक्रम प्रस्तोता प्रतिमा सेवाहाँङले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
 

सम्बन्धित खबर