Kanakai Online

भद्रपुर नगरपाकिाप्रति जनताको असन्तुष्टी वढदै


शुक्रवार, असोज १३, २०७४ |

द्रोण अधिकारी ।
जन निर्वाचित प्रतिनिधिले नेतृत्व गरे पनि भद्रपुर नगरपलिकाका स्थानीय नागरिकले जनमैत्री विकासको अनुभव गर्न नपाएको गुनासो गरेका छन् ।
झापाका १५ स्थानीय तह मध्ये भद्रपुर नगरमा मात्र सडक मर्मत, सडक बत्ती व्यवस्थित जस्ता अतिआवश्यकीय काम नहुँदा दशैं तिहारमा जोखिम मोल्नु परेको भन्दै स्थानीयले गुनासो गरेका हुन् ।
नगर प्रशासन क्षेत्रको स्वामित्वमा रहेका अधिकाम्स सडकहरु जोखिमयुक्त खाल्डाखुल्डीले जिर्ण भए पनि मर्मत गर्न नगर प्रशासनले चासो नदेखाउँदा आवत जावतमा समस्या व्यहोर्न नगरबासी वाध्य हुनु परेको स्थानीयको दुखेसो छ । यस्तै नगर क्षेत्रका अधिकाम्स सडकमा जडान भएका सडक बत्ती ६ महिनायता मर्मत संभार नहुँदा राती अन्धकारमा हिड्नु पर्ने बाध्यताले पनि नगरका बासिन्दालाई पिरोलिरहेको छ । चार्ड पर्व लक्षित न्युनतम विकासका पुर्वाधार मर्मतमा समेत नगर प्रशासन चुकेपछि जगरबासी निरास हुनु परेको हो ।
यता भद्रपुर नगर प्रशासन भने नगर कार्यपालिकाको सम्मेलन ढिला भएको कारण बजेट बाँडफाँड गरेर अतिआवश्यकीय विकास निर्माणका काम गर्न नसकिएको स्वीकार गर्दै अविलम्ब काम हुने जनाउ छ ।