Kanakai Online

झापाका यी मुुसहरको हरिविजोग कस्ले हेर्ने ?


बिहिवार, असोज १२, २०७४ |

इन्द्रसिंह राजवंशी /
धुर्मुस–सुन्तली फाउन्डेशनले बनाईदिएको सुबिधायुक्त पक्की घरमा महोत्तरीका मुसहरहरुले सुत्न थालेको दुई महिनाभन्दा बढी भईसक्यो ।अब पालो रौतहट चन्द्रपुरका मुसहरहरुको ।
तर झापा बिर्तामोड –३ का मुसहरहरुका जिन्दगी भत्केको झुपडीमै बित्ने भयो ।बर्षाभरि अन्धुवा खोलाको डुबानमा डुबेका उनीहरु अरु महिना पनि ढुक्कले सुत्न पाउ“दैनन् ।
उनीहरुको घरले हावाहुरीको त कुरै छाडांै,घामपानी पनि राम्ररी छेक्दैन । यसबर्षको बर्षामा अन्धुवा खोलाको बाढीले एघार घर भएको मुसहर बस्तीलाई चारैतिरबाट डुबानमा पारेपछि उनीहरु एक हप्तासम्म घरबाट बाहिर निस्कन सकेनन् ।
घरभित्र घ“ुडा र आ“गनमा कम्मरसम्मको पानी पसेपछि चाङमा बसेर उनीहरुले ज्यान जोगाउनु प¥यो ।गत बर्ष बिर्तामोड नगरपालिकाले उद्धार गरी दुई दिनसम्म सैनिकमोडको गौरबती सतानुसिंह स्मृति प्रतिष्ठानमा ल्याएर राखेको थियो ।बिभिन्न संघसंस्थाहरुले राहत बितरण गरेका थिए ।
तर यसपाली मुसहरहरुमाथि कसैको पनि नजर परेन ।बाढीले बगाउन लाग्दा समेत न कोही उद्धार गर्न आयो,न कसैले राहत बितरण ग¥यो । एक हप्तासम्म डुबेर बस्यौं, कसैले पनि सहयोग गरेन– शनचरी ऋषिदेवले गुनासो गरिन् ।निस्कने ठाउ“ कतै नभएपछि दिनरात चाङमा बस्नुपरेको र चाङमै पकाएर खाएको उनले आफ्नो दुख सुनाईन् ।
बाढीले निर्बुधी ऋषिदेवको घर भत्काएपछि उनी अहिले छोरी अन्जु ऋषिदेवको घरमा आश्रय लिएर बसिरहेका छन् ।बाढीको चपेटामा परेर दुई महिना काम गर्न नसक्दा पा“च जनाको परिवारलाई दुई छाक टार्न समस्या भएको अन्जुले बताईन् ।एक महिनाकी सुत्केरी रीता ऋषिदेव चिसो भुइ“मा सुत्छिन् ।
भत्किन लागेको उनको घरले हावापानी छेक्दैन ।बाढी आउ“दा एक हप्ता एक छाक खाएर बस्नु परेको बिबशता सुनाउदै उनी भन्छिन्– महिला र केटाकेटीहरुको बिजोग भएको छ ।गत बर्ष सहयोगीहरुले दशैं अगाडि एक÷एक बोरा चामल र पा“च÷पा“च सय रुपैया“ दिएका थिए । यसपाली दशैं मनाउन गाहे भएको मनोज ऋषिदेव बताउ“छन् ।
अन्धुवा खोलाको किनारामा रहेको मुसहर बस्तीमा राज्यको कुनै पनि सुबिधा पुगेको छैन ।ठेक्का कमाउदै आएको ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुडीको सरकारी जग्गामा उनीहरुले घर बनाएका छन् । मुसहर बस्ती जाने सडक छैन ।अर्काको खेतको आली हु“दै खोल्सा तरेर ओहोरदोहोर गर्न बाध्य उनीहरुले बिजुली बत्ती बाल्न पाएका छैनन् ।
एघार घर भएको सिंगो गाउ“को लागि एउटा मात्र ट्युवेल छ । बर्षामा त्यो ट्युवेलबाट जुका निस्कने गर्छ । त्यसकै पानी उनीहरुले पिउने गर्दछन् । अन्धुवा खोलाको खुल्ला बगर सबैको लागि सामुहिक शौचालय बनेको छ । अर्काको घरमा मजदुरी गर्ने गरिब निमुखा मुसहरहरुलाई कुनै परिवर्तनले छोएको छैन ।गा“स,बास र कपासको आधारभूत आबश्यकता समेत पूरा गर्न नसकिरहेका दयनीय मुसहरहरु कसैको लागि पनि दयाको पात्र बन्न सकिरहेका छैनन् ।
हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल( धुर्मुस)ले आफ्नो जज्मदिनको अवसर पारेर रौतहट चन्द्रपुर नगरपालिका ८ सन्तपुरका बाढीपीडित मुसहरहरुका लागि दुई दिन अघि मात्र एकीकृत नमूना बस्ती निर्माण गर्न शुरु गरेका छन् ।
४५ परिवार बाढीपीडितका लागि ४५ वटा आवासीय घर, एउटा मन्दिर,सामुदायिक भवन,भ्यूटावर,सार्वजनिक धारा,सार्वजनिक शौचालय निर्माण गर्न ५ करोड ७५ लाख रुपैया“ लाग्ने भएको छ । त्यस अघि महोत्तरी बर्दिबास– २ मा मुसहर समुदायका लागि धुर्मुस–सुन्तली फाउन्डेशनले ५३ वटा भवन बनाईदिएको थियो ।
३ कोठा,बरन्डा र चोटासहितकोे एउटा घर बनाउन करिब ८ लाख खर्च भएको थियो ।प्रत्येक घरमा चर्पी,खानेपानीका लागि ट्यांकीसहितको धारा,सुत्ने खाट र हरेक घरमा ग्याससहितको चुल्हो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार,प्रतीक्षालय,एउटा बाल उद्यान,बस्ती अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ । हरेक घर अगाडि बगैचा तयार गरिएको छ ।जुन कुरा सुनेर बिर्तामोडका मुसहरहरु लालायित देखिएका छन् ।स्थानीय तहको निर्वाचनमा भोट माग्न केही उम्मेद्वारहरु मुसहर बस्ती पुगेका थिए ।तर बिर्तामोड नगरपालिकामा निर्बाचित जनप्रतिनिधिहरुलाई भने त्यहा“को मुसहर गाउ“ र गाउ“को अवस्थाबारे थाहा नहुन सक्छ ।
धुर्मुस–सुन्तली फाउन्डेशनले मुसहर समुदायलाई गरिरहेको सहयोगका बारेमा मनु ऋषिदेव भन्छन्– खोई त π हामीलाई कसैले हेर्दैन ।उनले धुर्मुस र सुन्तलीसंग अपिल गर्दै भने– हाम्रो बिजोग पनि उहा“हरुले हेरिदिनु प¥यो नि ।

सम्बन्धित खबर