Kanakai Online

कनकाईँ नगरमा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाइने


बिहिवार, असोज १२, २०७४ |

कनकाई अनलाईन
नेकपा माआवादी केन्द्रको तर्फबाट हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सम्भवत नेपालमै कममत आएको झापाको कनकाई नगरपालिकाबाट माओवादी केन्द्र निकट बुद्धिजीवीहरुले माओवादीपार्टीलाई पूरानै अवस्थामा फर्काउनका लागि विशेष अभियान शुरु गरका छन ।
माओवादी कन्द्र निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन झापाको आयोजनामा सुरुङ्गाको कनकाई नगरपालिकामा बुधवार सम्पन्न भेलाले पार्टीको स्थितीलाई पुरानै अवस्थामा फर्काउन र आउदो प्रदेश र सांसदको निर्वाचनमा पार्टीलाई कम्तीमा पूरानै अवस्थामा फर्काउन भन्र्दै कृष्ण घिमिरेको संयोजकत्वमा ४५ सदस्यीय कनकाई नगरकमिटी गठन गरिएको छ । संगठनको सहसंयाजकमा प्राध्यापक रुद्र थापा सचिवमा यदराज कार्की र सदस्यहरुमा सुकदेव तिम्सिना , चन्द्रबहादुर कार्की , रुद्र गौतम , दिपक दाहाल , हिमाल विष्ट , हिमा आझा लगाँयत रहनुभएको छ । यसैगरी जिल्ला सदस्यमा कृष्ण घिमिरे र कृष्ण मैनालीलाई प्रतिनिधि पठाइएको छ ।
कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष घनश्याम न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा , पार्टीका फ्राक्सन इन्चार्ज रमेश गुरगाँई , पार्टीका प्रदेशसभा इन्चार्ज गोपाल प्रसाईँ लगाँयतले क्रान्तिकारीहरु कहिले पनि निराश र हत्तोसाहित नहुने भन्दै सवैभन्दा कम मत आएको कनकाई नगरलाई अव जितका लागि बुद्धिजीवीले भुमिका खेल्ने बताउँनुभयो ।
कार्यक्रममा बुद्धिजीवीका अर्जुनधारा अध्यक्ष इन्द्रप्रसाद निरौला , पार्टीका कनकाई नगर संयोजक चन्द्रमान कन्दङवा , एनपी लामिछाने प्रेस सेन्टरका जिल्ला सचिव लीलाराज झापालीले स्थानीय तहको निर्वाचनमा भएको कमजोरीबाट पार्टीले पाठ सिक्ने बताउँनुभयो ।