Kanakai Online

चर्च व्वाईजलाई दुधे गोल्डकप


बिहिवार, असोज १२, २०७४ |

लीलाराज झापाली
असोज ११
झापाको शिवसताक्षीमा जारी प्रथम टुवोर्ग दूधे गोल्डकपको उपाधी चर्च व्वाइज क्लब काठमाण्डौले हात पारेको छ । विभागीय टिम शसस्त्र प्रहरी एफिएफलाई सडन डेथमा पराजित गर्दैै चर्च व्वाइजले नगद ३ लाख १ हजार नगद सहितको पुरस्कार हात पारेको हो ।
खेलमा उप विजयी हुने एपिएफ क्लबले १ लाख ५१ हजारमा चित्त बुझाउनु प¥यो । चर्च व्वाइजले पहिलो हाप मा २–० गोल अन्तरले पछि परेको स्थितिलाई सुधार्दैै दोश्रो हापमा गोल गरेर उपाधी रक्षा गरेको हो । खेलमा शुरुवाती दुई गोल एपिएफ क्लबका खेलाडीहरुले गरेका हुन् । खेलको २८ औ मिनेटमा एफिएफका सन्तोष श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । श्रेष्ठले चर्च व्वाइजका ३ खेलाडीलाई छकाउँदै सुन्दर गोल गर्नु भयो ।
उहाँले सेकेण्ड बार च्याप्दै गरेको प्रहार पोलमा लागेर गोल हुन पुगेको थियो । खेलको ४० औं मिनेटमा सन्तोष श्रेष्ठकै पासमा हरि कार्कीले हेडद्वारा गोल गर्दै एपिएफ क्लबलाई लगभग जीतको नजिक पु¥याउनु भएको थियो । तर दोश्रो हाफ चर्च व्वाइज लयमा फर्केपछि खेल अवधीभर २/२ हुन पुगेको थियो । चर्च व्वाइजका लागि खेलको ५३ औं मिनेटमा टिम क्याप्टेन वर्षात गुरुङ्गले गोल गर्देै अग्रता छोट्याउनु भएको थियो । गुरुङले अरुण श्रेष्ठको प्रहार फर्केपछि आएको रिबाउण्ड बललाई सदुपयोग गर्दै सानो डिबक्स भित्रबाट गरेको कडा प्रहारलाई एपिएफका गोल किप्पर राजु नगरकोटीले अनुमान लगाउन नसक्दा खेल २–१ मा छोटिएको थियो ।
यसै गरी दोश्रो गोल चर्च व्वाइजका विदेशी खेलाडी अजय मार्टिनले खेलको ७५ आंै मिनेटमा भुवन बस्नेतका पासमा गोल गर्दै खेल बराबरीमा पु¥याउनु भएको थियो । चर्च व्वाइजले भएको ट्राइबेकरमा समेत बराबरी भएपछि खेल सडन डेथमा धकेल्लिएको थियो । जसमा चर्च व्वाइजले उपाधी रक्षा गरेको हो । सडन डेथमा एपिएफका नवौं.खेलाडीका रुपमा पहार गर्ने रुपबहादुर लामाको प्रहार पोलमा लागेर फर्केपछि चर्च व्वाइज प्रतियोगितामा भाग्यमानी सावित भएको हो ।
प्रतियोगितामा दुवै टिमका केही अवसरहरु खेर गएको थियो । दुधे गोल्डकपको फाइनलको अवसर पारी विगत पाँच दशक भन्दा बढी समय फुटबल क्ष्ोत्रमा सेवा गर्ने झापाका सन्त रायमाझीलाई नगद ५ हजार सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । रायमाझी नेपाल सरकारका आपुर्ति मन्त्री शिवकुमार मण्डलले सो अवार्ड प्रदान गर्नु भएको थियो । फाइनल खेलको म्यान अफ दी म्याच विजयी टिमका छिरिङ गुरुङ हुनुभयो ।
यसै गरी प्रतियोगिताको हाइस्कोर एपिएफका युवराज खड्का हुनु भयो । उहाँले ३ गोल गर्नु भएको थियो । यसै गरी उदयमान खेलाडी आयोजक दुधे युथ क्लबका सन्जिव राई र प्रतियोगिताकै उत्कृष्ट खेलाडी चर्च व्वाइजका क्याप्टेन बर्षात गुरुङ्ग हुनु भयो । उदयमान खेलाडी राईले नगद ५ हजार र अन्यले २५ हजार पाउनु भयो ।
 

सम्बन्धित खबर