Kanakai Online

आर्मी पनि बाहिरियो दुधे गोल्डकपमा


शनिवार, असोज ७, २०७४ |

लिला राज झापाली
झापा शिवसताक्षी दूधेमा जारी टुबोर्ग प्रथम दूधे गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी मोरङ्ग ११ सँग ट्राइबेकरमा पराजित भएको छ । शुक्रबार भएको पतिश्प्रर्धामा खेल अवधी भर दुवै टिम गोल रहित बराबरीमा रोकिएपछि म्याच रफ्री श्याम दनुवारले खेलको निर्णय सोझै पेनेल्टी सुटबाट गराउनु भएको थियो ।
प्रतियोगितामा मोरङ्ग ११ ४ – २ गोल अन्तरले विजयी हुँदै सेमीफाइनलको यात्रा तय गरेको छ । मोरङ्गका तर्फबाट क्याप्टेन दिपक राई, सुनिल खड्का मिक्सन तामाङ्ग र विक्रम लिम्बुको प्रहार लगातार गोलमा परिणत हुँदा आर्मिको हिरण्य मगर र पदम तामाङ्गको मात्र गोलमा परिणत हुँदा आर्मीका टिम क्याप्टेन योद्धा शाही र दिपक गुरुङ्गको प्रहार मोरङ्ग ११ का गोल किम्पर सुर्य अधिकारीले बचाउनु भएको थियो । आर्मिका दुई खेलाडीको प्रहार बचाउँन सफल अधिकारी खेलको म्यान आफदी म्याच हुनु भयो । उहाँले नगद ५ हजार पुरस्कार पाउनु भयो । आज शनिबारको खेल विभागीय टिम सशस्त्र प्रहरी र रुपन्देही ११ वीच हुने मिडिया संयोजक विनोद सापकाटाले बताउनु भयो ।
शुक्रबारको खेलमा मोफोसलको टिम मोरङ्ग ११ लाई खेल अवधि भर दवावमा राखेपनि आर्मिका स्टाइगर टंक बस्नेत राजिव गुरुङ्ग, सन्तोष तामाङ्ग लगायतका खेलाडीले पाएको धेरै अवसर गोलमा परिणत हुन नसक्दा आर्मी टिम प्रतियोगिताको पहिलो खेल बाटै बाहिरीनु परेको हो । मोरङ्गले समेत खेलमा केही सुन्दर आवसरहरु सृजना गरेको थियो । खेलको ७५ औं मिनेटमा मोरङ्गका टिम क्याम्टेन दिपक राईलेडिबक्स नजिकैबाट गरेको फल प्रहार पोलमा लागेर बाहिरिएको थियो ।
दुधे युथ क्लबको आयोजनामा सञ्चालन भइरहको गोल्डकपमा विजयी र उप विजयी हुने टिमले नगद ३ लाख १ हजार र १ लाख ५१ हजार पाउने छन् ।
फोटो ः प्रतिश्प्रर्धा गर्दै मोरङ्ग (रातो ) आर्मी ( हरियो जर्सीमा)

सम्बन्धित खबर