Kanakai Online

आजवाट दुधे गोल्डकप


बुधवार, असोज ४, २०७४ |

कनकाई अनलाईन ।
प्रथम टुवोर्ग दुधे गोल्डकप फुटबल प्रतियोगिता आज केहिवेरदेखि सुरु हुदै छ । कृषि राज्यमन्त्री सरिता प्रसाइद्धारा उदघाटन गरिने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको मिडिया संयोजक विनोद सापकोटाले वताए । आजको पहिलो उदघाटन खेल आयोजक दुधे स्पोटिङ्ग क्लव र काठमान्डौको चर्च ब्वाइजविच केहिवेरमै हुदैँ छ ।
ए डिभिजनका रमपम झापा ११, रुपन्देहि ११, हिमालयन शेर्पा, चर्च व्वाईज, एपिएफ र त्रिभुवन आर्मी दुधे खेलमैदानमा उपाधिका लागि उत्रदै छन । यस्तै मोरङ ११ र आयोजकको होम टिम पनि उपाधि हत्याउन मैदानमा एडिभिजनका टिम संग प्रतिस्पर्धा गर्दे छन ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रा र आर्थिक विभाग प्रमुख याननाथ काफ्ले द्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रतियोगिताका बिजेताले ३ लाख ५१ हजार , उपबिजेताले १ लाख १ हजारमा प्राप्त गर्ने उल्लेख छ । आयोजकले वेष्टअफदि टुर्नामेन्टलाई प्रोत्साहन पुरस्कार स्वरुप नगद २५ हजार मेडल ट्रफि र प्रमाण पत्रले पुरस्कृत गर्ने जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक समेतलाई प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार नगद प्रदान गर्ने आयोजक समितिका सचिव दर्सन तुम्वाफोले बताए । उनका अनुसार प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई ५ हजार प्रदान गरिनेछ ।
दिउसो १ वजे देखि शुरु हुने उद्धघाटन सत्रलाई भव्य बनाउन दुधे आसपासका क्षेत्रलाई सिंगारिएको छ । दुधे पुर्वको पुर्वपश्चिम राजमार्ग अन्र्तगत माईधार र धरमपुरमा स्वागत द्धार निर्माण भएको छ । यस्तै मिडिया पार्टनर विवेचना दैनिकले दुधे वजार को ३ सय मिटर पुर्व पुर्वपश्चिम राजमार्गमा स्वागतद्धार निर्माण गरेको छ । कार्यक्रम स्थल राष्ट्रियता झल्कने विभिन्न ध्वजा पाताले सिगारिएको आयोजक समितिले जनाएको छ ।
प्रथम टुवोर्ग दुधे गोल्डकप दैनिक ५ हजार दर्सकको सहभागीता हने आयोजकले दावि गरेको छ । सेतोपाटी अनलाईन, विवेचना दैनिक र गोलनेपाल डटकम संचार सहयोगी रहेको प्रथम टुवोर्ग दुधे गोल्डकप फिफा रेफ्रि प्रकाशनाथ श्रेष्ठ, रोजिन श्रेष्ठ लाई आयोजकले अनुवन्ध गरेको छ । यस्तै नेस्नल रेफ्रि प्रकाश काफ्ले, स्याम दनुवार र लक्ष्मण काफ्लेलाई पनि अनुवन्ध गरेको आयोजकले वताएको छ । प्रतियोगिताको सह आयोजक सतासीधाम जेसीज र शिवसताक्षी लायन्स क्लल रहेको छ ।
 
फोटो ः दर्शक वस्न बनाइएको वाँसको अस्थायी प्याराफिट लीलाराज झापाली

सम्बन्धित खबर