रौतहट / एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको रौतहट गौर नगरपालिकाको एक वडामा राजपाको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा राकेशकुमार झा सहित राजपाको प्यानल नै गौर नगरपालिकाको वडा नम्बर २ मा विजयी भएको हो । मेयरमा भने एमालेको अग्रता कायमै छ । मेयरमा एमालेले १२१४ मत लिदै अग्रता कायम गरेको छ भने राजपा उम्मेदवारले १०४२ र संघीय फोरमका उम्मेदवारले १२२ मत पाएका छन् ।वडा नम्बर १ मा फोरम लोकतान्त्रिकका भरत साहको प्यानल नै विजयी भएको छ ।