Kanakai Online

भद्रपुरको वजेट ६० करोडमाथि


सोमवार, असोज २, २०७४ |

गंगा बराल
भद्रपुर ,असोज २ गते । मेची अंचलकै पुरानो भद्रपुर नगरपालिकाकोलागि आर्थिक वर्ष २०७४÷७५ का लागि ६० करोड ७० लाख ६० हजार ८ सय ४० रुपैँयावरावरको बजेट विनियोजन गदैँ आइतवार प्रथम नगरसभा सम्पन्न भएको छ ।
भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले आगामी वर्षका लागि यो रकमवरावरको वजेट पेश गर्नु भएको हो ।
सम्पन्न सभामानगरपालिकी उपप्रमुख चन्द्रामायाश्रेष्ठले नगरसभाले वडाहरुमा जाने बजेटमा प्राथमिकतादिँदैे नगरपालिकालाई प्राप्तवित्तीय समानीकरण तथाआन्तरिक आय र राजश्व बाँडफाँडबाट प्राप्तकूल बजेट ६० करोडको ९ प्रतिशतप्रशानिकखर्चतर्फ ६.२९ प्रतिशतकार्यक्रमगतखर्च, १६ प्रतिशत सामाजिक सुरक्षाखर्च, २१.६८ प्रतिशतशसर्त अनुदान, १७.१३ प्रतिशत ठूला पूर्वाधार र नगरक्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ ३.५४ प्रतिशतभवननिर्माणतर्फ १.६४ प्रतिशत
सवारी साधनखरिदतर्फ १.६४ प्रतिशतमेसिनरी औजार तथाफर्निचर खरिदतर्फ. ३.०४ प्रतिशतमर्मतसम्भार कोष, समुपुरक कोषतर्फ ४.१४ प्रतिशतवित्तीय समानीकरण समावेश भएकाकार्यालयहरुतर्फ १.५९ प्रतिशतलक्षितवर्ग विकास कार्यक्रमतर्फ २.८५ प्रतिशत प्रवद्र्धनात्मककार्यक्रमतर्फ ७.१६ प्रतिशतनगरस्तरीय र वडास्तरीय योजना सञ्चालन, ०.५४ सावाव्याजभुक्तानीतर्फ, ३.२९ प्रतिशत अघिल्लो वर्षको योजनाको भुक्तानीतर्फ बजेट विनियोजन गरिएको सार्वजनिक गर्नुभयो ।
नगरभेलामा नगरप्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाले सेवाप्राप्तिमा सर्वसुलभता, छिटो र गुणस्तरीयताकायमगर्ने, नगरपालिकाप्रतिआमनागरिकहरुको आस्थालाई बृद्धि गर्ने तथा नगरबासीहरुको आर्थिक सामाजिकअवस्थामा सुधार , भौतिकपूर्वाधारको विकास गर्नुका साथै मानवीय संसाधनको परिचालन र विकास गर्ने,
लक्षितवर्गको सशक्तिकरण गर्ने उद्देश्यका साथविभिन्नविषयलाई प्राथमिकतामा राख्दै वडाहरुलाई बजेट दिने र सडक निर्माण र स्तरोन्नती, प्रर्यटकीय गन्तव्यहरुको उजागर गरी आर्थिक उपार्जनगर्ने, कृषिपर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसाशीयकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा बृद्धि गर्ने निति रहेको वताउँनुभयो ।