Kanakai Online

लायन्सको सम्मान उत्कृष्ठ चालकलाई


सोमवार, असोज २, २०७४ |

 
कनकाई अनलाईन
। लायन्स क्लब अफ कनकाई सुरुङ्गाले दुर्घटना न्यूनिकरण नागरिक महा अभियान २०७४ को अवसर पारेर सुरुङ्गा क्षेत्रका पुराना सवारी चालकको रुपमा भक्त बहादुर विश्वकर्मालाई सम्मान गरिएको छ ।
सोमवार सुरुङ्गाको पश्चिम बसस्टेण्डमा आयोजित कार्यक्रममा सुरुङ्गामा २० वर्षदेवी लगातार चालकको रुपमा सवार गरिरहेको र अहिले सम्म कुनै पनि किसिमको दुर्घटना नगरेको र आगामी दिनमा पनि अझ सुरक्षित तवरवाट सवारी चलाउन हौसला मिलो भन्ने उद्देश्यका प्रमाण–पत्रका साथमा खादा तथा रुद्रक्षकोमालाले सम्मन गरिएको हो ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट सुरेन्द्र प्रधानको अध्यक्षतामा असोज २ गतेका दिन सबै चालकहरुलाई दिवसिय रुपमा लिने र उनीहरुको सम्मन गर्ने उद्देश्यका साथ उक्त समयमा सवार रहेका सम्पूर्ण सवारीका चालकहरुलाई साधन रोकेरै अविर, रुद्रक्षाको माला र खादाले सम्मान गर्दै सफलताको शुभकामना दिइएको थियो ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अञ्चल प्रहरी कार्यालय मेची प्रमुख पिताम्बर अधिकारी, विर्ता जेसिजका संस्थापक अध्यक्ष तथा सामाजिक अगुवा गोपालकुमार बस्नेत, कनकाई वडा नं.–३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, कनकाई क्याम्पस प्रमुख टंक बहादुर कार्की लगायतले मन्तव्य राखेको कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट तथा लायन क्लब डिस्टिक ३२५ब्१का जोन चियर पर्शन लीलाप्रसाद चिमरियाले सम्पूर्ण उपस्थितहरुलाई स्वागत गर्दै यो कार्यक्रम किन यसको आवश्यकता तथा महत्व र फाईदा के भन्ने विषयमा प्रस्ट्याउँदै कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए ।
जिल्ला ट्राफिक कार्यालय प्रमुख ढुण्डी गिरी, इप्रका विर्तामोडका प्रमुख राजकुमार सेलवाल, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रदिप कुमार सिह क्षेत्री, कनकाई मा.वि. का प्र.अ. निर्मलकुमार खतिवडा, चम्पा सुवेदी, गोविन्द पौडेल, प्रेमबहादुर कटुवाल, रुद्र बोहोरा, ख्यामप्रसाद ओली, दुर्गा प्रसाई, सुदिप भण्डारी लगायतको आतिथ्यमा रहेको थियो । लायन्स र लीयो क्लब अफ कनकाई सुरुङ्गाको संयुक्त आयोजना र सुरुङ्गा ट्याक्सी व्यवसायी संघकोे सहयोमा सम्पन्न कार्यक्रममा जोयन्ट सेक्रेटरी सञ्जय गजुरेलले झण्डाको अभिवाद गरेको अभिवादन गरेका थिए । क्लबका फस्ट भाईस प्रेसिडेन्ट रुपनारायण खतिवडाको धन्यवाद मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सेक्रेटरी मनोज बस्नेतले गरेका थिए ।

सम्बन्धित खबर