Kanakai Online

ग्राहकको सवै पैसा होटलसाहुँले लगेपछि विर्तामोडका यौनकर्मी महिला पैसा उठाइमाग्न प्रहरीमा


सोमवार, असोज २, २०७४ |

लीलाराज झापाली
विर्तामोड असोज २ गते । होटलवालाले यौन व्यावसायमा लगाएर उल्टै उक्त कार्यगरेवावतको पारिश्रमिक नदिएको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय विर्तामोडमा खैलाबैला भएको छ ।
२ फरक मितिमा इलाका प्रहरी कार्यालय विर्तामोडमा ४ युवतीले यसप्रकारको उजुरी हालेका हुन ।
उनीहरुमध्ये २ युवतीले हालेको उजुरीपछि विर्तामोड नगरपालिका ५ को होटल श्रृजना एण्ड लजकी होटल साहु सुष्मा भन्ने सुजीकुमारी थारु माझी र उनका होटलका सहयोगी सुरज शकरलाई प्रहरीले पक्राउ गरि मानव वेचविखनको मुद्धा चलाइसकेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डिएसपी राजकुमार सेलुवालले वताउँनुभयो ।
उक्त होटलको स्टाप रुममा वर्ष २१ का २ युवतीहरु नाम परिवर्तन निशा श्रेष्ठ र तनुजा उप्रेतीलाई होटल मेनेजर सोनु लिम्बु भनिने बाबा लिम्बुको सल्लाह र योजनामा त्यहाँ आउने ग्राहकहरुसग शारिरिक सम्बन्ध राख्न लगाएको र सो वापतको आधा रकम आफुले पाउनुपर्ने एक युवतीको ५७ हजार ७ सय ५० र अर्की युवतीको ३५ हजार ७ सय रुपैँया होटल साहुले वारम्बार माग्दा पनि नदिएको भन्दै युवतीले प्रहरीमा उजुरी हालेका हुन ।
होटल साहुले शारिरिक शोषण गरि आफुमात्रै फाइदा लिएर आफुमाथि चर्को शारिरीक र आर्थिक शोषण गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उक्त होटलकी सचालिका सुर्जीकुमारी थारु , सुजन शकर र बाबा लिम्बुलाई प्रहरीले प्रक्राउ गरि अनुसन्धान चलाइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका मुद्धा विभागका प्रमुख प्रहरी निरिक्षक ज्ञानवहादुर विष्टले वताउँनुभयो ।
यसैगरी अर्जुनधारा नगरपालिका ११ मा रहेको सोल्टी होटल एण्ड लजमा होटल सचालक राम बोहोराले सो होटलमा २ युवती नाम परिवर्तन वर्ष २७ कि कल्पना मगर र वर्ष २३ कि रमिला भुजेललाई पैसा दिने भन्दै लामो समयसम्म यौन व्यावसायमा लगाएर सो वापतको रकम समेत नदिएको भन्दै प्रहरीमा उजुरी हालेका छन ।
हाल सोटल साहु बोहोरा फरार रहकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डिएसपी राजकुमार सेलुवालले वताउँनुभयो । यौन गतिविधि गरिरहेको अवस्थामा हामीले विर्तामोडमै एक्कै रातमा ३० जनासम्मलाई नियन्त्रणमा लिएका पनि छौ , तर यौन शोषण गरेर पैसा नै नदिएर ठगी गरेको भन्दै महिलाहरुले प्रहरीमा उजुरीनै हालेको भने यो पहिलो घटना भएको प्रहरी निरिक्षक ज्ञानबहादुर विष्ट बताउँनुहुन्छ ।
कुनैपनि महिलालाई कुनै लोभ , लालच वा डर धम्की देखाई वा नदेखाई यौन कर्ममा लगाएको पाइएमा मानव वेचविखनमा मुद्धा चलाइने समेत विष्टले वताउँनुभयो । हाल झापाको विर्तामोड क्षेत्रमा मात्रै ४०० भन्दा वढी महिलाहरु पेशेवर रुपमा कुनै न कुनै रुपमा यौन धन्दामा सग्लन रहिरहेको प्रहरीको अनुमान छ , आपत्तिजनक अवस्थामा पक्राउँ परेका महिलाहरु अवदेखि आफु कहिले यस धन्दामा नलाग्ने वताएर छुटेकाहरु नै पुन पक्राउँ पर्ने गरेका छन ।
हाल विर्तामोड क्षेत्रको यौन व्यावसायलाई निस्तेज पार्न प्रहरीलाई निक्कै समस्या परेको छ । विर्तामोडका प्रहरी प्रमुख सेलवाल भन्नुहुन्छ कतिपय वेला राती १२ वजेपनि फलाना होटलमा यौन गतिविधि भइरहेको छ भनेर फोन आउछ कतिपय अवस्थामा त्यो सहि पनि हुन्छ , उहाँले भन्नुभयो ।
एक विशेष स्रोतका अनुसार विर्तामोडका लजहरुमा हुने यौन गविविधिमा अन्य शहरको भन्दा केहि महगो छ एकपटक शारिरीक सम्पर्क राखेको ग्राहकले सामान्यत १ हजारदेखि माथि वुझाउनु पर्दछ भने रातभरको ४ हजारदेखि माथिसम्म ग्राहकले सवैरकम होटलसाहुलाई बुझाउने हुदा यौनकर्मी महिलालाई भने हिसावका लागि खातामा चिन्ह मात्रै लगाइदिने गरीएको हुन्छ । महिना मरेपछि हिसाव गर्दा सरदर एक महिलाको भागमा १ लाख २० हजारदेखि माथि पर्नजान्छ । यो रकम ती महिलाहरुले कपाउँदा महिलाले ग्राहकले दिएको अतिरिक्क्त रकम टिप्समै चित्त बुझाउँनुपर्ने हुन्छ ।

सम्बन्धित खबर