सरुङ्गा,१ असोज
आज झापाको सुरुङ्गामा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ। नेपाल मानव अधिकार संगठ झापा जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा मानव अधिकार सम्बन्धि छलफल गरिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, महिला, शिक्षक, बिद्यार्थी, समाजसेवी लगायतका सरोकारवालाहरुलाई कानुनविद् कल्याण पोख्ररेलले सहजिकरण गर्नु भएको थियो ।
कनकाई बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न कार्यक्रममा अम्बिका उप्रेती, के.पी. सुवेदी, कविता बस्नेत लगायतले मन्तब्य राखेका थिए। कनकाई बहुमुखी क्याम्पसका प्रमुख टंक बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल मानव अधिकार संगठ झापा जिल्ला कमिटिका अध्यक्ष देबप्रसाद सुवेदीको सभापतित्व रहेको थियो। कार्यक्रमको संचालन उप प्राध्यापक हरिप्रसाद तिम्सिनाले गर्नु भएको थियो ।