Kanakai Online

सुरुङ्गामा नगरकप शुरु अर्जुनधारा विजयी


शनिवार, भदौ ३१, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा भदौ ३१ गते । झापाको कनकाई नगरपालिका सुरुङ्गामा शनिवार (आज ) देखि दोस्रो जिल्ला स्तरीय कनकाई नगरकप फुटवल शुरु भएको छ ।
शनिवार आज भएको पहिलो उदघाटन खेलमा आयोजक कनकाई नगरपालिकालाई ५—३ गोल अन्तरले हराउदै अर्जुनधारा नगरपालिका विजयी भएको छ । अर्जुनधारा नगरपालिकाको तर्फबाट खेलको शुरुवातकै २ मिनेटमा सरोज दर्जीले गोलगर्दै अग्रता दिलाए ।

अर्जुनधाराकै तर्फबाट खेलको ७ र ५३ मिनेटमा जिवलसेन थापाले २ गोल गरे भने अर्जुनधाराकै तर्फबाट राजेश दाहालले २० र ३४ मिनेटमा थप २ गोल गरेका थिए । कनकाई नगरपालिकाका तर्फबाट खेलको २७ र ५९ मिनेटमा रोहन कार्कीले २ गोल तथा ४५ मिनेटमा बुद्धिलाल टुडुले १ गोल गरि खेलमा फर्कने प्रयास गरेपनि त्यो जितका लागि भने प्रयाप्त भएन ।

 
 
उदघाटन खेलमा दुवै टिमबाट गोलको वर्षा हुन थालेपछि दुवैटिमका गोल किपरहरु व्यास्त बनेका थिए भने दर्शकहरु समेत थप रोमान्चिक बनेकाथिए । शनिवारको खेलको म्यान अफ द म्याच विजयी टिमका २ गोलकर्ता जिवलसेन थापा भए उनलाई कनकाई नगरका स्थानीय समाजसेवी हरि पौडेलले २ हजार रुपैँया हस्तानतरण गरे ।

 
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा आयोजना भएको प्रतियोगिताको उदघाटन यस क्षेत्रका सांसद प्रेमबहादुर गिरीले गर्नुभएको थियो । आइतवारको दोस्रो दिनको खेल भद्रपुर नगरपालिका र दमक नगरपालिकाविच हुने प्रचार विभाग प्रमुख लीलाराज झापालीले वताए । कार्यक्रममा प्रमुख अथिति प्रेम गिरीले खेलका माध्यमबाट कनकाई नगरी तथा झापा जिल्लाको माध्यमबाट सिङगो मुलुकमा चिनिएको भन्दै खेल क्षेत्रको विकासका लागि आफुहरुले कुनै कसर वाकी नराख्ने वताउँनुभयो ।
 

 
 
कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ , कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल , गौरादह नगरपालिकाकी उपमेयर गिता भेटवाल , कनकाई माविका प्राचार्य निर्मलकुमार खतिवडा , नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरिया , खेल आयोजक समितिका संयोजक राजेन्द्र उप्रेती , अध्यक्ष ज्योतीकुमार उप्रेती लगाँयातले खेल सफलताको शुभकामना व्याक्त गरेका थिए ।
प्रतियोगितामा झापाका ८ नगरपालिकाका टिमको सहभागिता रहेको छ । विजयी तथा उपविजयी हुने टिमलाई नगद १ लाख ५ हजार र ५५ हजार तथा ट्रफि रहेको छ ।
आइतवारको दोस्रो दिनको खेल भद्रपुर नगरपालिका र दमक नगरपालिकाविच हुने प्रचार विभाग प्रमुख लीलाराज झापालीले वताए ।
 
 

सम्बन्धित खबर