Kanakai Online

प्रेस विज्ञप्ती


शुक्रवार, भदौ ३०, २०७४ |

प्रेस विज्ञप्ती
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको यहि मिति २०७४ साल असोज ३ गते हुन गईरहेको क्याम्पस संचालक समिति , लेखा समति र क्याम्पस सभा सदस्यको चारवर्षे कार्यकालको पदाधिकारीहरुको निर्वाचनमा नेकपा एमाले , नेपाली कांग्रेसले आन्तरिक सहमतिको नाममा सम्पुर्ण पदहरुमा आफु आफुमा भागवण्डागरी क्याम्पसलाई आफ्नो दलको भातृ संगठन जस्तो बनाउने ग्रैह जिम्बेवारीपुर्ण काम गरी नेकपा माओवादी केन्द्रलाई पाखा लगाउने खेलप्रति हाम्रो पार्टी नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटिको गंम्भीर ध्यान आकर्षण भएको छ ।
पुर्र्वाञ्चलकै एक महत्वपुर्ण क्याम्पसको रुपमा स्थापित गर्न यहाँका समाजसेवी राजनितिक दल बुद्धिजीवि एवम् चन्दादाताहरुको महत्वपूर्ण भूमिकालाई ओझेलमा पारी शिक्षण संस्थाजस्तो पवित्र स्थानमा राजनितिक भागवण्डा गर्नु अत्यन्त दुःखदायीकुरा हो । यस किसिमको हर्कत प्रति खेद व्यक्त गर्दछौ । क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि तथा आर्थिक समृद्धिका लागि क्याम्पस वाहिरै वसेर अग्रसर रहने प्रतिवद्धता जनाउदै नवनिर्वाचित हुन गईरहेको सम्पूर्ण पदाधिकारीहरुलाई गुण र दोषको आधारमा सहमति र विमत्ती जनाउने छौँ । यस क्याम्पसको उन्नत्ती र प्रगतिका लागि लागिपरिरहने वचनवद्धताका साथ यो प्रेस विज्ञप्ती प्रकाशित गरिएको छ ।
संयोजक
क. चन्द्रमान कन्द्ङबा
कनकाई नगर कमिटी झापा
नेकपा माओवादी केन्द्र

सम्बन्धित खबर