Kanakai Online

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा चुडालको नेतृत्व


शुक्रवार, भदौ ३०, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा / कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको अध्यक्षमा यस क्षेत्रका युवा नेता तथा कनकाई नगरविकास वोर्डका अध्यक्ष समेत रहनुभएका प्र्रकास चुडाल सर्वसम्मत हुनुभएको छ ।
एमए पास गर्नुभएका चुडाल यस अघिको क्याम्पस संचालक समितिमा समेत रहेर काम गरिसक्नुभएको छ । कांग्रेसका पूर्व क्षेत्रिय सचिव समेत रहनुभएका चुडाल तत्कालिन उद्योग वाणिज्य संघ सुरुङ्गाका सचिव , लगायातका संघ संस्थामा समेत आवद्ध रहेर काम गरिसक्नुभएको छ । उहाँ नेपाली कांग्रेस , एमाले , राप्रपा र संघिय समाजवादी फोरमको सर्मथनमा उम्मेद्धारी दिनुभएको थियो ।
चुडालको मात्रै अध्यक्षमा उम्मेद्धारी परेपछि उहाँ क्याम्पसको संचालक समितिको अध्यक्षमा सर्वसम्मत अध्यक्ष हुनुभएको छ । यता यस अघि कोषाध्यक्ष सहित ठुलो सङख्यामा कार्यसमितिमा रहेको माओवादी केन्द्रले भने चुडाल नेतृत्वको कार्यसमितिलाई गुण र दोषका आधारमा सर्मथन र विरोध गर्ने भन्दै आलोचनात्मक समर्थन गरेको छ ।
यसैगरी आज भदौ ३० गते अन्तीम दिन बाकी रहेका पदहरुमा समेत बाकी उम्मेद्धारले उम्मेद्धारी फिर्ता लिएसगै आगामी ४ वर्ष सम्मका लागि अन्य पदहरुमा समेत नेतृत्व सर्वसम्मत गरिएको छ । जम्मा १५ पदमा कांग्रेस र एमालेले समान ६÷६ पद लिएर राप्रपालाई २ पद र वाकी एकपद संघिय समाजवादी फोरमलाई दिएको छ ।
नेपाली कांग्रेसवाट अध्यक्ष चुडाल सहित क्याम्पसभा उपाध्यक्ष हरिभक्क्त सिटौला , र सदस्यहरु लालबहादुर भुजेल , भवानी प्रसाद लुईटेल , गुणप्रसाद तिम्सिना र लेखा समिति संयोजक तोमप्रसाद बाह्कोटी रहनुभएको छ भने नेकपा एमालेवाट क्याम्पससभा अध्यक्ष हिराकुमार थापा , क्याम्पस संचालक समिति उपाध्यक्ष टिकाप्रसाद तिम्सिना , कोषाध्यक्ष लीलाप्रसाद उप्रेती सदस्यहरु तोयानाथ अधिकारी , र लेखा समिति सदस्यहरु राजेन्द्रप्रसाद पराजुली र सागर ढुङगाना रहनुभएको छ ।
राप्रापाबाट सदस्यहरु नारायणप्रसाद पोखरेल र विष्णु ओली त्यसैगरी संघिय समाजवादी फोरमबाट पछि एकजना मनोनित हुनेगरी हाललाई सदस्यमा विष्णुलाल श्रेष्ठलाई सदस्यमा रहनुभएको छ । यसअघि कोषाध्यक्षमा उम्मेद्धारी दिने माओवादी केन्द्रका डिल्ली पाठकले भने आफनो विमतीका विच पनि आफनो उम्मेद्धारी फिर्ता लिनुभएको छ ।
राष्ट्र संचालन गरिरहेको सिङगोपार्टीलाई वाहिर राखेर एमाले कांग्रेसले ऐतिहासिक भुल गरेको भन्दै क्याम्पसका हरेक क्रियाकलापलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने उहाँले विज्ञप्ती मार्फत जनाउनुभएको छ ।
यसैविच अन्य पदहरुमा उपाध्यक्षका उम्मेद्धार लीला भेटुवाल सदस्य छवि थपलिया र क्याम्पस सभा उपाध्यक्षका उम्मेद्धार गंगा ढुङगेलले समेत उम्मेद्धारी फिर्ता लिएपछि आगामी ४ वर्षे कार्यकालका लागि नेतृत्व सर्वसम्मत भएको हो । क्याम्पसमा सदस्य सचिव क्याम्पस प्रमुख रहने यसैगरी नगरपालिकाका मेयर सदस्य रहने व्यावस्था रहेको छ भने प्राध्यापक संघका सभापति र विद्यार्थी प्रतिनिधि सदस्य रहने प्रावधान रहेको छ । बाकी ३ सदस्य मनोनितमा एमाले , कांग्रेस र संघिय समाजवादीले भागवण्डा गरेपछि माओवादी केन्द्र विच्कीएको हो ।

सम्बन्धित खबर