कनकाई अनलाईन
विर्तामोड , भदौ ३० गते । नेपालकै पहिलो महिला रिक्सा चालक झापा अर्जुनधाराकी फुलमाया धिमाल अहिले चरम आर्थिक संकटमा पर्नु भएको छ ।
एक दशकसम्म रिक्सा चलाएर जिविका चलाउँनुभएकी धिमाल नेपालकै पहिलो महिला रिक्सा चालकको रुपमा विभिन्न संघ संस्थाले सम्मान मात्रै गरेका थिएनन नेपालकै पहिलो रिक्सा चालकको रुपमा धेरै देशको भ्रमण समेत गर्नपाउनुभएको थियो ।
तर हाल इरिक्सा आएसगै आफनो दैनिकी गुर्जानै समस्या परेकाले मागेर गुजारा चलाउनुपरेको धिमालले वताउँनुभयो । शरिरमा पनि बुढयौलीले छोएको छ ६३ वर्षिय धिमालले भन्नुभयो । रिक्सामा चढन पनि मानिसहरु मान्दैनन चिनेकाहरुले त्यतिक्कै १०÷२० रुपैँया सहयोग गरीदिनुभएकोले जिवन गुजारा चल्दै छ । विर्तामोड शनिश्चरेमा दैनिक रिक्सा चलाउदै आएकी फुलमायाको त्यसवेला एकपटकको ५० रुपैँया लिने गर्दा राम्रै आम्दामी गर्दै आउनुभएको थियो । रिक्सा कुदाएरै विर्तामोडवाट विराटनगरसम्म ओहोर दोहोर गर्ने गरेकी धिमाललाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासगै पहिलो महिला रिक्सा चालकको रुपमा ब्रुनाई , इराक , अष्ट्रेलिया ,र अमेरिका सम्मको यात्रा गर्नुभएकी फुलमायाको त्यसवेला रिक्सा चालकको रुपमा चर्चा स्वदेशमा मात्रै नभएर विदेशमा समेत चर्चा चलेको थियो । पहिले उमेर छउन्जेल देश विदेश घुमियो घर बनाइदिने सम्मका आश्वासन पनि पाइयो , तर अहिले वल र पौरख पनि सकियो रिक्सा चढनपनि कोही मान्दैनन यसवेला मद्धत चाहिएको वेला भनेका वेला सिटामोल खानेपैँसा छैन उहाँले भन्नुभयो ।
त्यसवेला उनलाई देखाएर चर्चा कमाउनेहरु अहिले उनलाई नचिनेझैँ गर्ने गरेको धिमाललको गुनासो छ ।
हामीजस्ता असाहयका लागि सरकारले समेत सामान्य गुजारा गर्ने व्यावस्था गरिदिए हुने धिमालले गुनासो गर्नुभयो अरु त त्यस्तै हो मैले श्रीमानको मृत्युपछि पाउँने विधुवा भक्तापनि पाउँन सकेकी छैन अरु सुविधाको त के कुरा उहाँको गुनासो छ । वृद्ध अवस्थामा शनिअर्जुन नगरपालिका ६ मा आफना छोरासगै वस्दै आउनुभएकी धिमालको दैनिकी दिनदिनै कष्ट्रकर बन्दै गएको छ ।