कनकाई अनलाईन
कनकाई । झापाको कनकाई नगरपालिकामा रहेको जामुनबारी सामुदायिक वन उपभोक्ता समूह तथा सिमसार पर्यटकिय क्षेत्रको निर्वाचनमा ख्यामराज सिटौला निर्वाचित भएका छन् ।
मंगलवार सम्पन्न ७६४ जना मतदाता रहेको उक्त निवार्चनमा ७४२ मत खसेको थियो । नेपाली कंग्रेसका तर्पmवाट आफ्नो प्यानल नै वनाएर फुटवल चुनाव चिन्नका साथ उठेका अध्यक्षमा पदका उम्मेद्वार सिटौलाले ५३० मत प्राप्त गरी विजयी हासिल गरेको थिए भने उनका प्रतिद्वन्वदी नेकपा एकाले तर्फका परेवा चुनाव चिन्नहका उम्मेद्वार ऋषिकेश खतिवडाले १९० मतले पराजय वन्न पुगेका थिए । त्यस्तै नेकपा एमालेकै तर्फवाट उपाध्यक्षमा द्वय धननारायण श्रेष्ठ (सुमन) चुनाव चिन्न माछा र दिलकुमार राई चुनाव चिन्न हातीले क्रमशः २६७ र २६६ मत प्राप्त गरि विजेता वन्न सफल वनेका छन् भने स्तन्त्र तर्फका उम्मेद्वार दिपक बोहोरा चुनाव चिन्ह घैला र गम्विरबहादुर राई चसनाव चिन्ह छाता, नेपाली कंग्रेस प्यालनका उम्मेद्वार टेकबहादुर भुजेल चुनाव चिन्ह घडी र नारद गिरी चुनाव चिन्ह मादले क्रमशः २५६, २०४, १७८ र १०३ मत प्राप्त गरेर उपविजेता बन्न पुगेका थिए ।
त्यस्तै नेपाली कंग्रेसका तर्फवाट सचिव पदकी उम्मेद्वार मनिता राई चुनाव चिन्ह चस्माले ५१६ मत ल्याएर विजेता वनेकी छन् भने उनकी प्रतिद्वन्दी एमाले तर्फकी उम्मेद्वार शोभा भण्डारी चुनाव चिन्ह कलमले १६७ मत मात्र ल्याएर उपविजेता वन्न पुगिन् । त्यस्तै कंग्रेसकै तर्फवाट सहसचिव बबिता गिरी चुनाव चिन्ह दियोले ४१२ मत र उनकी प्रतिद्वन्दी नेकपा एमाले तर्फकी उम्मेद्वार शारदा बराल चुनाब चिन्ह मिसिनले मात्र २३५ मतमात्र प्राप्त गरेकी थिइन् ।
त्यस्तै नेपाली कंग्रेसतर्फका कोषाध्यक्षका उम्मेद्वार बुदिमान बोहोरा चुनाब चिन्हले ३६३ मत ल्याएर सफलता हाँसिल गरेका थिए भने उनका प्रतिद्वन्दी प्रेमप्रसाद अधिकारी चुनाव चिन्ह पुलतीले ३११ मत मात्र प्राप्त गरी पराजित भोग्नु परेको थियो । अध्यक्ष १, उपाध्यक्ष–२, सचिव १, सहसचिव १ र कोषध्यक्ष १ गरि जम्मा ६ जनाको मेजर पोष्टका लागि १४ जनाको उम्मेद्वारी रहको थियो । विहान ८ बजेवाट सुरु भएको निर्वाचन बेलुका ५ रुबजेसम्म चलेको थियो । मंगलवार साँझ ७ बजेवाट सुरु गरिएको गणनाको पूर्ण मतपरिणाम राती १२ मात्र सम्पन्न भएको थियो ।