डण्डिराज घिमिरे
“यदि तिमीले सबैकुरा गुमाएका छौ भने पनि तिम्रो साथमा तिम्रो भविष्य बाँकी रहने छ ।”– माओ
नेकपा माओवादी केन्द्र झापा संग अब बाँकी छ भने त्यही भविष्य बाँकी छ । भुत र बर्तमानमा प्रसस्त अवसर पाएर पनि त्यसलाई सदुपयोग गर्न र आफुलाई चिन्न नसक्नाले झापामा अब माओवादी केन्द्र आफ्नो बलियो उपस्थिति र अस्तित्व भविष्य संग निर्भर भएर खोज्दै छ । भविष्यको गर्भमा रहेको माओवादी केन्द्र झापाको अस्तित्वको भ्रुण पनि कति सुरक्षित होला रु भुत र बर्तमानको दर्विलो अस्तित्व समेत बचाउन जोगाउन नसक्नेहरुको संरक्षकत्वमा यो भ्रुणको विकास र स्वस्थ भविश्यको जन्म सम्भव होला ,
तत्कालिन नेकपा माओवादी झापा जिल्ला पार्टी दश बर्षे महान जनयुद्धको पेचिलो उत्कर्षमा पुग्दै गर्दा पनि घात–अन्तर्घतको सिकार भएर अघोषित विगठनको अवस्थामा समेत पुगेको तितो इतिहाँस साँची छ । त्यस बखत पनि झापा पार्टीले बाहिरि कारणबाट नभएर आफेनै भित्रको कारणले ठूलो नोक्सानी बेहोरेको थियो । होनाहार नेतृत्वहरु झापाली जनताले गुमाउनु परेको थियो ।
शान्ति प्रक्रिया पछि पहिलो संविधान सभाको निर्बाचनबाट झापाको पहिलो पार्टी बनेको नेकपा माओवादी केन्द्र किन सुन्निएर मोटाएझैं क्षणिक बन्यो रु दोस्रो संविधान सभा र भखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा किन लज्जास्पद चौथो बन्न पुग्यो रु घात अन्तरघातको पुनराबृत्तिले माओवादी केन्द्र झापा अहिले क्षतविक्षत छ ।
निर्वाचनको लज्जास्पद पराजय पछि समिक्षा बैठक समेत बस्न सकेको छैन किनभने जोगी देखि भैंसी डर र भैंसी देखि जोगी डरको अवस्था छ । मतदाता जनता तथा अन्य कारणबाट होइन आँफै भित्रको असक्षमता र आत्मघाती प्रबृत्तिको कारण झापा पार्टी अहिले अस्तित्व रक्षाको सिथिल अवस्थामा पुगेको हो ।
यो सत्य हो, यदि संगठनात्मक संरचना र कार्यशैलीमा कार्यदिशाको माग अनुसार क्रन्तिकारी रुपान्तरण हन सकेन भने अन्ततः गलत संगठनात्मक संरचना र कार्यशैलीले कार्यदिशाको क्रन्तिकारी आत्मालाई निलेर अवसरवादी कार्यदिशाको विकास गराउँछ । झापामा भएको यही हो । पार्टीको कार्यदिशा, कार्यशैली झापा आइपुग्दा निर्जिव कागजी नारा मात्र बन्न पुग्यो भने नेतृत्वहरु चरम गुटबन्दी गर्दै ब्याक्तिवादी, अवसरवादी र आत्माघाती बन्न पुगे । पार्टी र क्रन्तिको रत्तिम ओजलाई बिक्रि गर्दै आस्था र बिचार बाट स्खलित हुनपुगे ।
झापा जिल्ला नेतृत्वले शन्ति प्रकृया देखि यताको १२ बर्षमा कहिल्यैपनि आफ्नो बिशिष्टतामा आन्तरिका सिर्जनशिल योजना उत्पादन गर्दै पार्टीलाई चलायमान बनाएन । संगठन नै पार्टीको मेरुदण्ड हो भन्ने मर्मलाई कहिल्यै बुझेन नेतृत्वले ।
नेतृत्व कार्य हो पद होइन ।
झापामा नेतृत्व भनेको कार्य भन्दा पनि पद हो भन्ने निम्न चेतनाले ग्रसितहरुको ठेलामठेल भिड छ माओवादी केन्द्रमा । पद ओगटे पुग्छ झापामा नेता बन्न काम गरेर परिणाम दिनु पर्दैन । पदको बाँडफाँड गरिन्छ अनि बकितम शैलीको नेता बनेर पार्टी बेचेर जिविको पार्जन गरिन्छ । कहिल्यै पनि जिम्मेवारी अनुसार कार्य सम्पादन के कति भयो परिणाम सहितको लिखित प्रतिवेदन पेश गर्ने थीति छैन पार्टी भित्र । पार्टी कामका प्रथमिकिकरण कहिल्यै भएनन् । नाजाएज मुद्धा खोजिखोजि हिड्ने र त्यसलाई पार्टीकामको परिभाषा गर्ने नेताहरुबाट जनताले के आस गर्न सकिन्छ र जनताले पत्याउन् ।
उत्पिडित सर्बहारा जनताको आफ्नो पहँुचको प्रचण्ड भनेको वार्ड, गाउँ, नगर क्षेत्र तथा जिल्लाकै नेता हो न कि पुष्पकमल दहाल मात्र । प्रचण्ड त जनयुद्धले बिकास गरेको परिवर्तनको बिम्ब हो । जनयुद्धले जन्माएका झापाका टोल, गाउँ, नगर, क्षेत्र तथा जिल्लाका प्रचण्डहरु खोई कहाँ छन् रु हरेक नेतृत्व भित्रको मस्तिष्क हो प्रचण्ड । झापामा यदि त्यो प्रचण्ड जिवित छ भने किन झापामा पार्टी अस्तित्वको संकटमा चौथो स्थानमा छ रु
राष्ट्रिय राजनीतिमा मओवादी केन्द्र तेस्रो पार्टी हुँदा पनि प्रचण्डको भूमिका निर्णयक तथा निरन्तर पहिलो छ । तर अन्य जिम्मेवारी र पदका प्रचण्डहरुको भूमिका खोई रु झापाका धर्मशिला, शन्देश, अग्नी, विजय लगाएत थुप्रै नेताहरु झापाका प्रचण्ड बन्न लाएक नभएकै हुन् त रु गम्भिर प्रश्नको उत्तर सहितको ठोस निणर्यमा माओवादी केन्द झापा पुग्नु पर्छ । जनयुद्धको जगमा उभिएका तथा प्रचण्ड भूमिकाको आस गरिेएका यी झापाली नेतृत्व किन असफल, असक्षम प्रमाणित हुँदैछन् रु कारण खोजि गर्न र प्रचण्ड बन्ने संभावनाका अन्य नेतृत्वहरुलाई त्यो रोग लाग्न नदिनु पर्छ । प्रचण्ड भूमिका पटक पटक पाउँदा पनि कार्यसम्पादन गर्न असफल सावित भएपछि पनि उनीहरुलाई नै जबरजस्ति प्रचण्ड बनाइरहँदा के झापा पर्टी बलियो बन्ला
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको दश बर्ष भित्रमा समाजवादी क्रान्ति देख्न पाउनुहुन्छ र त्यो सम्भव छ भन्दै गर्दा झापामा त्यो कार्यदिशाको कार्यभार सम्हाल्ने झापाको प्रचण्डमा इतिहासले कसलाई स्थापित गर्ला रु झापाली जनता तथा माओवादी केन्द्रका कार्यकर्ता त्यो स्वर्णीम दिन तथा सफल झापाली प्रचण्डको खोजिमा छन् ।
सन्दर्भ स्थानीयको चुनावको समिक्षाको
१, झापामा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र किन, कसरी र कसको कारण यतिधेरै कमजोर भयो निर्मम समिक्षा गरि तत्काल भाव सम्प्रेषण तल्लो कमिटी सम्म किन आउन सकेको छैन रु देश भरिनै हार भएको हो झापामा मात्र होइन भनेर छुट हुनुहुदैन् ।
२, चुनाव जित्ने के कस्तो ठोस कुशल योजना जिल्ला पार्टीले जिल्ला स्तरमा तयार गरेको थियो त्यस्मा कति प्रतिशत सफलता मिल्यो रु
३, प्रत्येक सम्बन्धित स्थानीय तहको सापेक्षतामा सन्चालन हुनुपर्ने प्रभावकारी चुनावी अभियानको लगाम जिल्ला पार्टी सग नहुनुको पछाडि के कारण छ .
४, पार्टीले पत्याएर केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थाइ समितिमा रहनुहुने र पूर्ब मन्त्री तथा पूर्ब सभासद झापाका नेतागणहरु तपाईंहरुको आफ्नो जनमत र गुरुत्वआकर्षण प्रभाव रहेको कुन कुन गाउपालिका र नगरपालिका जित्यो माओवादी केन्द्रले रु
५, हिजोको योगदानको ब्याज खाएर नेतृत्व ओगटेर मात्र बस्नेकि बर्तमनमा पनि रचनात्मक र मार्कसवादको सापेक्ष सिर्जनशिल प्रयोग गर्दै निर्वाचनमा कृयाशिल बन्ने नेतागणहरुले .
६, झापा पार्टी लेनिनवादी संगठनात्मक पद्धतिमा चलेको छ रु संगठन बिस्तारमा के ले रोको रु
७, झापा पार्टीका पूर्णकालीन संगठक कमरेडहरु को को हुन रु संगठन बिकास बिस्तारमा चुनावको समय भन्दा अघिपछि वहाँहरु किन कहिल्यै सक्रिय हुनुन्न
८, पूर्ब जनमुक्ति सेना, पूर्ब पूर्णकालिन कार्यकर्ता , घाइते अपांग , सहिद , बेपत्ता परिवार , सेल्टरदाता परिवार समक्ष झापा पार्टी बिशिस्ट योजना बोकेर किन पुग्न सक्दैन रु कि तपाइँहरुले वहाँहरु समक्ष पुग्ने नैतिक हैसियत नै गुमाइसक्नु भयो रु
९, नैतिकताको राजनीतिक थीतिको बिकास झापा पार्टीमा कहिले हुन्छ
१०, यो हारलाई भोलिको जितको लागि बलियो आधारमा रुपान्तरण गर्न माओवादी केन्द्र झापा पार्टी सग के कस्तो योजना छ
११, आर्थिक ,सामाजिक नैतिक लगाएतका अनुशासन गुमाएका कार्यकर्ता काखिच्यापेर पार्टी संगठन बलियो हुन्छ
१२, माओवादी पार्टीका तमाम असल निष्ठावान कार्यकर्ता मतदातालाई कसरी आस्वस्त पार्नुहुन्छ कि माओवादी केन्द्र झापा बिग्रेको छैन र कमजोर होइन भनेर रु
“त्यो मानिस मानिस नै होइन, जसले गल्ती गर्दैन । त्यो मानिस पनि मानिस हाइन जसले गल्ती महसुस गरेर पनि सच्याउदैन । ” – लेनिन
लेखक – माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका प्रदेश उपाध्यक्ष हुन उनी झापाली स्थापित पत्रकार समेत हुन ।