Kanakai Online

कर्णालीको सेवा केन्द्र अव सुरुङ्गामा


आइतवार, भदौ २५, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिका खासमा सुरुङ्गा क्षेत्रमा बैकिङ्ग क्षेत्रका लागि समेत पहिलो रोजाई हुने गरेको छ । कहिल्यै बन्द हडताल नहुने र पछिल्लो समय उद्योग व्यापरका दृष्टिले समेत अब्वल रहदै आएको यस नगरीमा नेपाल राष्ट्र बैँक , सनराईज बैँक , कृषि विकास बैँक , लगाँयातका दजनौँ बैँक तथा अन्य लघुवित्तका बेँकहरुले समेत रोजाई बनाएका छन ।
पछिल्लो समय विर्तामोडमा प्रमुख कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले समेत कनकाई नगरपालिका सुरुङ्गामा सेवा केन्द्र ( साखा ) संचालनमा ल्याएको छ ।
यस क्षेत्रका पूर्वजनप्रतिनिधि भीमप्रसाद अधिकारी , कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल , जेष्ठ नागरिक समाजका अध्यक्ष पुण्य बाह्रकोटी , समाजसेवी खेमनाथ मिश्र , कनकाई माविका प्राचार्य निर्मलकुमार खतिवडा , रुपनाराण खतिवडा लगायातको विशेष आतिथ्यतामा सेवा केन्द्रको उदघाटन गरिएको हो ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले ५८ सालमा २५ जना शेयरधनीबाट शुरु भएको संस्थामा हाल २५ हजार शेयरधनी भएको र चाडैै उपभोक्ताहरुका लागि हस्पिटल खोल्ने र सवैको जिवन विमा गर्ने लक्ष्य रहेको वताउँनुभयो । संस्थाका सचिव भुपाल बस्नेतको संचालनमा भएको कार्यक्रममा स्वागत पुर्ण कन्दङबाले गर्नुभएको थियो । सुरुङ्गामा खुलेको यो १५ औ साखा सेवा केन्द्र भएको समेत संस्थाले जनाएको छ ।